पोखरा ।
विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय खेलका लागि क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा स्थानीय टोलीलाई ६६ रनले हराएको छ ।
टोरोन्टोमा गएराति भएको अभ्यास खेलमा नेपालले स्थानीय एचपी जाग्वार्सलाई ६६ रनले पराजित गरेको हो ।
जितका लागि २४८ रनको लक्ष्य पछ्याएको जाग्वार्स ३९ ओभरमा १८१ रनमा अल आउट भयो । उसका लगि अजयविर सिंहले ७५ बलमा ७ चौका र १ छक्कासहित ५५, नदिम मजिर २९ र अनुप चिमाले १९ रन बनाए ।
नेपालका स्पिनर ललित नारायण राजवंशीले ४, सन्दीप लामिछाने ३, करण केसी र कुशल मल्लले एक÷एक विकेट लिए ।
त्यसअघि पहिला ब्याटिङ गर्दै नेपाल ४७.५ ओभरमा २४७ रनमा अल आउट भएको थियो ।
ओपनर कुशल भुर्तेल ६० बलमा ६ चौकासहित ४१, आसिफ शेख १९, अर्जुन साउँद ८, भीम सार्की २१, रोहितकुमार पौडेल ३३, आरिफ शेख एक, कुशल मल्ल ९ रनमा आउट भए ।
त्यस्तै अनिल शाह ३७ बलमा ४ चौका र २ छक्कासहित ४७, गुलशन झ १९ र दीपेन्द्रसिंह ऐरीले ११ रन बनाए ।
जाग्वार्सका जसकरण बटर, इफरान शादत र शाहिल पटेलले दुई\दुई विकेट लिए ।
क्यानडामा हुने त्रिदेशीय एकदिवसीय श्रृंखलामा घरेलु टोली, नेपाल र ओमान सहभागी हुँदैछन् ।
श्रृंखलाको पहिलो खेलमा नेपालले पर्सि ३१ गते क्यानडासँग, दोस्रो खेल असोज २ गते ओमान, तेस्रो खेल असोज ६ गते क्यानडासँग र चौथो खेल असोज ८ गते ओमानसँग खेल्नेछ ।
प्रकाशित मिति २०८१ भदौ २९ गते शनिबार १०:५५




