२०८३ साउन २१ गते बिहीबार

आँबुखैरेनीकाे मित्रता माविमा स्मार्ट हाजीरी प्रणाली शुरु

आँबुखैरेनीकाे मित्रता माविमा स्मार्ट हाजीरी प्रणाली शुरु

अस्मिता खनाल

@Public 4K Tv

२०८१ भदौ २९ गते शनिबार ०७:२७

तनहुँको आँबुखैरेनी गाउँपालिका १ सत्रसय स्थित मित्रता माध्यमिक विद्यालयमा स्मार्ट हाजीरी प्रणाली शुरु भएको छ ।

तनहुँ
तनहुँको आँबुखैरेनी गाउँपालिका १ सत्रसय स्थित मित्रता माध्यमिक विद्यालयमा स्मार्ट हाजीरी प्रणाली शुरु भएको छ ।

स्मार्ट हाजीरी प्रणालीको शुक्रबार आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले उद्घाटन गरेका हुन् । एम्बेडेड सोलुसन नेपालले निर्माण गरेको एकेडेमिक म्यानेजमेन्ट सफ्टवयर स्मार्ट एटेन्डेन्स सिष्टमले विद्यालयमा विद्यार्थीको उपस्थिति बारे अभिभावकलाई सूचना प्रदान गर्छ ।

स्मार्ट एटेन्डेन्स सिष्टम जडान भएपछि विद्यार्थी विद्यालयको गेटबाट प्रवेश गरेको र बाहिरिएको सूचना अभिभावकले सहजै थाहा पाउने छन् । यस सिष्टममा विद्यार्थीको परिचय पत्रमा एउटा चिप्स जडान गरिएको हुन्छ, विद्यार्थी गेटमा आईपुगेवित्तिकै मेसिनले घण्टी बजाउँछ र तत्कालै उक्त सूचना अभिभावक सम्म पुग्ने गर्छ ।

विद्यार्थीको सुरक्षा र अभिभावकको निश्चिन्तताको लागि स्मार्ट एटेन्डेन्स सिष्टम जडान गरिएको विद्यालयका प्रधानाध्यापक सुरेन्द्र बोगटीले जानकारी दिए ।

प्रकाशित मिति २०८१ भदौ २९ गते शनिबार ०७:२७
हजुरको प्रतिक्रिया