२०८३ साउन २१ गते बिहीबार

ओलम्पिकमा पदक ल्याउने पलेशा गोवद्र्धनलाई गण्डकी प्रदेश सरकारले मासिक भत्ता दिने घोषणा

ओलम्पिकमा पदक ल्याउने पलेशा गोवद्र्धनलाई गण्डकी प्रदेश सरकारले मासिक भत्ता दिने घोषणा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ भदौ ३० गते आइतबार १०:२५

पारा ओलम्पिक २०२४ मा नेपाललाई ऐतिहासिक काश्य पदक दिलाउन सफल तेक्वान्दो खेलाडी पलेशा गोवद्र्धनलाई गण्डकी प्रदेश सरकारले मासिक भत्ता दिने घोषणा गरेको छ ।

पोखरा
पारा ओलम्पिक २०२४ मा नेपाललाई ऐतिहासिक काश्य पदक दिलाउन सफल तेक्वान्दो खेलाडी पलेशा गोवद्र्धनलाई गण्डकी प्रदेश सरकारले मासिक भत्ता दिने घोषणा गरेको छ ।

पलेशालाई आइतबार आयोजित सम्मान कार्यक्रममा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ऐतिहासिक पदक जिताएकी पलेशालाई मासिक भत्ता दिने घोषणा गरेका हुन् । प्रदेश सरकारले यसअघि ओलम्पिक खेलेको गण्डकीका ९ खेलाडीलाई मासिक भत्ता स्वरुप ५ हजार दिँदै आएको छ । सोही समूहमा पलेशालाई समावेश गरिएको मुख्यमन्त्री पाण्डेले बताए ।

‘गतवर्षदेखि हामीले ओलम्पिकमा भाग लिएका गण्डकी प्रदेशका खेलाडीलाई मासिक प्रोत्साहन सहयोग स्वरुप भत्ताको व्यवस्था गरेका छौं,’ उनले भने, ‘प्रदेशभित्रका खेलाडीलाई दिने भनेर गतवर्षबाट सुरु गरेको जुन मासिक भत्ता छ । भाग लिने खेलाडीलाई दिएका थियौं । मेडल नै ल्याउन सफल भएको कारण प्रदेशबाहिरको भएता पनि पलेशा गोवद्र्धनलाई दिने घोषणा गर्दछु ।’

सम्मान कार्यक्रममा पलेशालाई गण्डकी प्रदेश सरकारले एक लाख ५० हजार, पोखरा महानगरपालिकाले २ लाख २२ हजार २२२ र जिल्ला तेक्वान्दो संघ कास्कीले ५० हजार १५५ रुपैयाँ प्रदान गरेका छन् । पलेशाले पेरिस पारालिम्पिक्समा तेक्वान्दोको के ४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा सर्बियाकी खेलाडीलाई पराजित गर्दै नेपाललाई ऐतिहासियक कास्य पदक दिलाएकी थिइन् ।

प्रकाशित मिति २०८१ भदौ ३० गते आइतबार १०:२५
हजुरको प्रतिक्रिया