२०८३ साउन २१ गते बिहीबार

म्याग्दीमा पहिलोपटक विद्यालयस्तरीय थाली नाच, बेनी आवासीय मावि प्रथम

म्याग्दीमा पहिलोपटक विद्यालयस्तरीय थाली नाच, बेनी आवासीय मावि प्रथम

हरिकृष्ण गौतम

@Public 4K Tv

२०८१ भदौ ३० गते आइतबार १०:४६

वि.सं २०२८ सालमा चिमखोलाकी हिरामाया पुनले पहिलो पटक पञ्चेबाजाको तालमा थाली नृत्य प्रस्तुत गरेको र वि.सं. २०४४ सालमा काठमाडौंमा भएको सार्क सम्मेलनमा प्रस्तुत भएपछि थाली नाच राष्ट्रिय र अन्तर्राष्ट्रियकरण भएको हो ।

म्याग्दी ।

लोपोन्मुख अवस्थामा पुगेको थाली नाँच संरक्षण र पुस्तान्तरणको लागि म्याग्दीमा पहिलोपटक अन्तर विद्यालयस्तरीय थाली नाच प्रतियोगिता गरिएको छ ।

म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलाबाट पाँचदशक अगाडी सुुरू भएको थाली नाचमा नयाँ पुस्ताको आर्कषण बढाउन सामाजिक विकास कार्यालय म्याग्दी र म्याग्दी जेसिजले आयोजना गरेको प्रतियोगितामा सदरमुकाम बेनीस्थित बेनी आवासीय मावि प्रथम भएको छ ।

प्रतियोगितामा माउण्ट एभरेष्ट आवासीय मावि द्धितिय, डनिङ आवासीय मावि बावियाचौर तृतिय भएको छ ।

प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय भएका विद्यालयले क्रमश १५ हजार, १० हजार र ५ हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगितामा जिल्लाभरका १० विद्यालयको सहभागिता रहेको थियो । यो नाँच हातमा थाल राखेर हत्केलाले घुमाइघुमाइ नाँचिन्छ ।

निकै सावधानीपूर्वक गरिने यो मौलिक र आकर्षक नृत्य अहिले विश्वभर लोकप्रिय बन्दै गएको छ ।

वि.सं २०२८ सालमा चिमखोलाकी हिरामाया पुनले पहिलो पटक पञ्चेबाजाको तालमा थाली नृत्य प्रस्तुत गरेको र वि.सं. २०४४ सालमा काठमाडौंमा भएको सार्क सम्मेलनमा प्रस्तुत भएपछि थाली नाच राष्ट्रिय र अन्तर्राष्ट्रियकरण भएको हो ।

म्याग्दीमा नयाँ पुस्तालाई थाली नाचमा अभ्यास गराउन तालिम सहित प्रतियोगिता हुन थालेपछि अगुवाहरू समेत उत्साहित छन् ।

प्रकाशित मिति २०८१ भदौ ३० गते आइतबार १०:४६
हजुरको प्रतिक्रिया