२०८३ साउन २१ गते बिहीबार

काभा महिला भलिबल : आज नेपाल र श्रीलंकाको पुलिस क्लब खेल्दै

काभा महिला भलिबल : आज नेपाल र श्रीलंकाको पुलिस क्लब खेल्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ भदौ ३१ गते सोमबार १०:२८

माल्दिभ्सको मालेमा हुने यो खेल नेपाली समयअनुसार दिउँसो सवा २ बजे शुरु हुनेछ । यसअघि हिजोदेखि शुरु भएको खेलमा नेपाल पुलिस क्लबले विजयी शुरुवात गरेको छ ।

पोखरा ।

काभा महिला भलिबल क्लब च्याम्पियनशिपमा आज पुलिस क्लबले श्रीलंकाको पुलिस क्लबसँग खेल्दैछ ।

माल्दिभ्सको मालेमा हुने यो खेल नेपाली समयअनुसार दिउँसो सवा २ बजे शुरु हुनेछ ।

यसअघि हिजोदेखि शुरु भएको खेलमा नेपाल पुलिस क्लबले विजयी शुरुवात गरेको छ ।

पुलिसले उज्वेकिस्तानको हुमो क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । माल्दिभ्सको मालेमा भएको खेलमा पुलिसले २५–१९, २७–२५ र २५– १९ ले जितेको हो ।

नेपालको लिगको विजेताका रूपमा पुलिसले क्लब च्याम्पियनसिपमा खेल्न पाएको हो ।

पुलिसले उज्वेकिस्तानको हुमो क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।

अब तेश्रो खेलमा भोलि मंगलबार ताजकिस्तानको क्लब र चौथो तथा समूह चरणको अन्तिम खेलमा आउने बिहिवार माल्दिभ्सको क्लबसँग खेल्नेछ ।

प्रकाशित मिति २०८१ भदौ ३१ गते सोमबार १०:२८
हजुरको प्रतिक्रिया