२०८३ साउन २१ गते बिहीबार

प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै

प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ भदौ ३१ गते सोमबार १०:३१

आजको बैठकले नयाँ प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्ने छ । यसअघि भदौ २८ गतेको बैठक कुनै निर्णय नगरी सकिएपछि पुनः बैठक बस्न लागेको हो ।

काठमाडौं ।

संवैधानिक परिषद्को बैठक आज बस्दैछ । बैठक साँझ ५ बजे बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जानकारी दिएको छ ।

आजको बैठकले नयाँ प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्ने छ । यसअघि भदौ २८ गतेको बैठक कुनै निर्णय नगरी सकिएपछि पुनः बैठक बस्न लागेको हो ।

आगामी असोज २० गतेदेखि प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ अनिवार्य अवकाशमा जाने भएपछि नयाँ प्रधानन्यायाधीशको नियुक्तिका लागि बैठक बोलाइएको हो ।

यसबाहेक रिक्त रहेका संवैधानिक निकायका पदाधिकारी पनि नियुक्त हुनसक्ने जनाइएको छ ।

प्रकाशित मिति २०८१ भदौ ३१ गते सोमबार १०:३१
हजुरको प्रतिक्रिया