२०८३ असोज २५ गते आइतबार

रवि लामिछानेले निर्दोष छु भन्दै हिड्न मिल्दैन : डा. प्रकाशशरण महत

रवि लामिछानेले निर्दोष छु भन्दै हिड्न मिल्दैन : डा. प्रकाशशरण महत

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ भदौ ३१ गते सोमबार ०५:१८

 नेपाली काङ्ग्रेसका प्रवक्ता एवं सांसद डा.प्रकाशशरण महतले सहकारीको पैसाबाट गोरखा मिडिया सञ्चालन भएपनि दोषी होइन भनेर भन्न सम्भव नभएको बताएका छन् ।

काठमाडौं ।

 नेपाली काङ्ग्रेसका प्रवक्ता एवं सांसद डा.प्रकाशशरण महतले सहकारीको पैसाबाट गोरखा मिडिया सञ्चालन भएपनि दोषी होइन भनेर भन्न सम्भव नभएको बताएका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठक पश्चात उनले तलब भत्तादेखि सबै कुरा सहकारीको पैसाबाट चलाएकाले यस्तो अवस्थामा आफूलाई निर्दोश भन्नु मान्य नभएको बताए ।

उनले भने, ‘सूर्य थापाले स्पष्ट के भन्नुभयो भने गोरखा मिडिया प्रालिले ८५ करोड रुपैयाँ सहकारीहरुबाट लिएको छ । भनेपछि गोरखा मिडिया प्रालि नै सहकारीको पैसाबाट चलेको रहेछ भन्ने कुरा स्पष्ट हुन्छ । उहाँको तलब भत्तादेखि सबै कुरा सहकारीको पैसाबाट चलेको रहेछ । त्यहाँको जिम्मेवारी तहमा रहँदा पनि पैसा आएको छ । लिनै नमिल्ने पैसा लिएर सञ्चालन गर्नु भएको छ । यति हुँदा पनि दोषि होइन भनेर घोषणा गर्दै हिड्नुहुन्छ भने त्योभन्दा गैर जिम्मे कुरा अरु हुन सक्दैन् ।’

यसको साथै उनले सभामुखले प्रतिवेदनमा आएका कुराहरुलाई मध्यनजर गरेर कार्याअर्थ गर्न निर्देशन दिएको अवस्थामा रवी लामिछानेले क्लिन चिट नपाएको बताए ।

उनले भने, ‘प्रतिवेदन बुझाएपछि सभामुखले सरकारले प्रतिवेदनमा आएका कुराहरुलाई मध्यनजर गरेर निर्देशन दिएको अवस्थामा कसरी रवी लामिछानेले क्लिन चिट पाउनुभयो त्यो मलाई थाहा छैन् ।’

प्रकाशित मिति २०८१ भदौ ३१ गते सोमबार ०५:१८
हजुरको प्रतिक्रिया