पाेखरा ।
पोखरामा टिभिएसको रेडर, एनटर्क र रेडिअन बाइक तथा स्कूटरका फ्युल इन्जेक्सन भेरियन्टको बिक्री शुभारम्भ गरिएको छ ।
पोखराका लागि टिभिएको आधिकारिक बिक्रेता नयाँबजारस्थित स्क्वायर मोटर्स प्रालिले आज एक कार्यक्रमकाबीच बाइक तथा स्कुटरको बिक्री शुभारम्भ गरेको हो ।
स्क्वायर मोटर्स प्रालिका डाइरेक्टरहरु सविना महर्जन, चाहना अधिकारी र सन्ध्या जोशीले बाइक र स्कुटर अनावरण गरे । टिभिएसले यी फ्युल इन्जेक्सन भेरियन्टका टू–ह्विलरहरु बिएस ( भिआइएफआइ ) प्लेटफर्ममा, जुनसुकै सवारी परिस्थितिमा पनि उत्साहीलाई अद्भुत र रमाइलो अनुभव सुनिश्चित गर्न विशेष रुपमा डिजाइन गरिएको जनाएको छ ।
यी नयाँ उत्पादनहरु एडभान्स्ड इन्जिनियरिङ र स्टाइलिश डिजाइनका साथ उत्कृष्ट प्रदर्शनका लागि नयाँ पुस्ताका राइडरहरुलाई ध्यानमा राखी बनाइएको स्क्वायर मोटर्सका बिक्री प्रवन्धक सन्तोष पोखरेलले बताए । उनले भने ,“ हाम्रो मिलेनियल र डिजिटलाइजेसनमा निर्भर ग्राहकहरुका लागि स्कुटर र मोटरसाइकल दुवै क्षेत्रमा जहिले नयाँ शैली र नयाँ सुविधायुक्त, आउने पीढिलाई उपयुक्त हुनेगरी आफ्नो उत्पादनहरु अघि बढाउँछौ।”
टिभीएस राइडर (एफआइ), टिभीएस एनटर्क (एफआइ) र टिभिएस रेडिआन(एफआइ) को नयाँ भेरियन्ट पोखरामा सार्वजनिक गर्न पाउँदा अत्यन्तै खुसी भएको र यी नयाँ मोडेलहरूको अनौठो डिजाइन, प्रदर्शन र प्रविधिले ग्राहकहरुलाई लोभ्याउने स्क्वार मोटर्सका कार्यकारी अध्यक्ष आदर्शमान श्रेष्ठले बताए । उनका अनुसार रोमाञ्चकता, आराम, र आधुनिक सवारी अनुभव खोज्ने राइडरहरूका लागि विशेष ध्यान दिएर यी साधन बनाइएको हो ।
टिभिएस रेडर एफआइको मूल्य रु दुई लाख ९२ हजार नौ सय , टिभिएस एनटर्क एफआइको मूल्य रु दुई लाख ७९ हजार नौ सय तथा टिभिएस रेडिअन एफआइको मूल्य रु दुई लाख ३६ हजार नौ सय तोकिएको टिभिएका म्यानेजर प्रेम कार्कीले बताए ।
प्रकाशित मिति २०८१ असोज १ गते मंगलबार १०:०५




