२०८३ कात्तिक ११ गते मंगलबार

काेराेनाका कारण पोखरा -८ मा थप एक जनाको निधन

काेराेनाका कारण पोखरा -८ मा थप एक जनाको निधन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ माघ ५ गते सोमबार ०३:३२

पोखरा । काेराेना भाईरसको संक्रमणका कारण पोखरामा आईतबार थप १ जनाको ज्यान गएको छ । पोखरा महानगरपालिका वडा नं ८ का ७३ बर्षीय संक्रमितको उपचारकै क्रममा गत आईतबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा ज्यान गएको गण्डकी प्रदेश...

आईतबार पोखरामा १७ संक्रमित थपिए

पोखरा । काेराेना भाईरसको संक्रमणका कारण पोखरामा आईतबार थप १ जनाको ज्यान गएको छ ।

पोखरा महानगरपालिका वडा नं ८ का ७३ बर्षीय संक्रमितको उपचारकै क्रममा गत आईतबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा ज्यान गएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

नीजलाई गत २१ गते कोरोना पुष्टि भएको र कोभिड निमोनिया रहेको निर्देशनालयले जनाएको छ ।

यो संगै गण्डकी प्रदेशमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १९८ पुगेको छ ।

यता, सोमबार समग्र प्रदेशभर थप २५ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । जस अन्तरगत पोखरा महानगरपालिकाका १७ जना, तनहुँका ३ जना, बाग्लुङ्का ३ जना तथा नवलपरासीका २ जना रहेका छन् ।

यो संगै समग्र प्रदेशभर १५ हजार १८९ जनामा कोरोना पुष्टि भएको छ ।

प्रकाशित मिति २०७७ माघ ५ गते सोमबार ०३:३२
हजुरको प्रतिक्रिया