२०८३ असोज २५ गते आइतबार

अपराजित रहँदै नेपाल पुलिस काभा महिला भलिबलको फाइनलमा

अपराजित रहँदै नेपाल पुलिस काभा महिला भलिबलको फाइनलमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असोज ५ गते शनिबार ०७:०१

पुलिसले पहिलो खेलमा उज्वेकिस्तानको हुमो क्लब, दोस्रो खेलमा श्रीलंकाको श्रीलंकन एयर फोर्स, तेस्रो खेलमा ताजकिस्तानको डाइमेडलाई ३–० को सेटमा पराजित गरेको थियो । चौथो खेलमा माल्दिभ्सको वान्को भलिबल क्लबलाई समान ३–२ को सेटले पराजित गरेको थियो ।

फाइनल खेल आज, पुलिसले उज्बेकिस्तानको हुमो भलिबल क्लबसँग खेल्ने

पोखरा ।

नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा अपराजित रहँदै लिग चरण अन्त्य गरेको छ ।

लिगको आफ्नो अन्तिम खेल जितेको पुलिसले ५ खेल जितेर १४ अंक जोडेको छ । पुलिसले एक खेल अगावै फाइनलमा स्थान बनाएको थियो ।

शुक्रबार पुलिसले माल्दिभ्सको घरेलु टोली पुलिसलाई ३–१ को सेटमा हराएको हो ।

पहिलो र दोस्रो सेट पुलिसले आफ्नो पक्षमा पारेको थियो । पुलिसले पहिलो सेट २५–१२ ले जित्दा दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पा¥यो ।

तेस्रो सेट घरेलु टोलीले २१–२५ ले जित हात पार्यो । चौथो सेट २५–२१ ले आफ्नो बनाउँदै पुलिसलेअपराजित यात्रा कायमै राख्यो । पुलिसले चौथो खेलमा आएर सेट हारेको थियो ।

पुलिसले पहिलो खेलमा उज्वेकिस्तानको हुमो क्लब, दोस्रो खेलमा श्रीलंकाको श्रीलंकन एयर फोर्स, तेस्रो खेलमा ताजकिस्तानको डाइमेडलाई ३–० को सेटमा पराजित गरेको थियो । चौथो खेलमा माल्दिभ्सको वान्को भलिबल क्लबलाई समान ३–२ को सेटले पराजित गरेको थियो ।

नेपालको लिगको विजेताका रुपमा पुलिसले क्लब च्याम्पियनसिपमा भाग लिएको हो ।

काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा फाइनल खेल आज हुँदैछ । आज हुने फाइनल खेलमा पुलिसले उज्बेकिस्तानको हुमो भलिबल क्लबसँग खेल्ने छ ।

यी दुई क्लवबीचको उपाधी भिडन्त आज राति साढे ८ बजे हुनेछ ।

प्रकाशित मिति २०८१ असोज ५ गते शनिबार ०७:०१
हजुरको प्रतिक्रिया