२०८३ साउन २१ गते बिहीबार

विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै

विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असोज ६ गते आइतबार ०९:२१

खेल किंग सिटीमा नेपाली समय अनुसार राति पौने ९ बजे शुरु हुनेछ । यो शृंखलाको पहिलो खेलमा नेपाल घरेलु टोली क्यानडासँग एक सय तीन रनको फराकिलो अन्तरले पराजित भएको थियो ।

पोखरा ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलामा नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दैछ ।

खेल किंग सिटीमा नेपाली समय अनुसार राति पौने ९ बजे शुरु हुनेछ ।

यो शृंखलाको पहिलो खेलमा नेपाल घरेलु टोली क्यानडासँग एक सय तीन रनको फराकिलो अन्तरले पराजित भएको थियो ।

आफ्नो दोस्रो खेलमा नेपाल ओमानसँग एक विकेटले पराजित भयो । शृंखलामा नेपाल, ओमान र क्यानडा सहभागी छन् ।

यो शृंखलाको आफ्नो अन्तिम खेलमा नेपालले असोज ८ गते ओमान खेल्नेछ ।

सन् २०२७ को विश्वकप छनोटको रूपमा रहेको लिग–२ मा आठ वटा टोलीको सहभागिता छ ।

तालिकामा नेपाल छ खेलमा दुई अंकसहित सातौँ स्थानमा छ ।

 

प्रकाशित मिति २०८१ असोज ६ गते आइतबार ०९:२१
हजुरको प्रतिक्रिया