२०८३ साउन २१ गते बिहीबार

काभा क्लब च्याम्पियनसिप : उषा भन्डारी सर्वोत्कृष्ट खेलाडी

काभा क्लब च्याम्पियनसिप : उषा भन्डारी सर्वोत्कृष्ट खेलाडी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असोज ६ गते आइतबार १०:१७

च्याम्पियनसिपको उपाधि नेपालको विभागीय टोली नेपाल पुलिस क्लबले जित्दा विधागततर्फ पनि पुलिसकै वर्चस्व रह्यो ।

काठमाडौं ।

काभा महिला भलिबल क्लब च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडीमा नेपाल पुलिस क्लबकी उषा भन्डारी चुनिएकी छिन् ।

च्याम्पियनसिपको उपाधि नेपालको विभागीय टोली नेपाल पुलिस क्लबले जित्दा विधागततर्फ पनि पुलिसकै वर्चस्व रह्यो ।

बेस्ट अपोजिट हिटर उषा घोषित भइन् भने सुमित्रा रेग्मी वेस्ट मिडल ब्लकरमा र शान्तिकला तामाङ उत्कृष्ट लिबेरो चुनिइन् ।

माल्दिभ्सको मालेमा शनिबार उज्वेकिस्तानको हुमो भिसीलाई ३–० को सोझो सेटमा हराउँदै पुलिस च्याम्पियन बनेको थियो ।

प्रकाशित मिति २०८१ असोज ६ गते आइतबार १०:१७
हजुरको प्रतिक्रिया