२०८३ साउन २१ गते बिहीबार

साफ यु–१७ च्याम्पियनसिपमा नेपालले आज श्रीलंकासँग खेल्दै

साफ यु–१७ च्याम्पियनसिपमा नेपालले आज श्रीलंकासँग खेल्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असोज ७ गते सोमबार १०:५५

समूह बी मा रहेको नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तानसँग १–० ले पराजित भएको थियो । त्यसैले सेमिफाइनल पुग्ने सम्भावना कायम राख्न नेपालले श्रीलंकालाई हराउनैपर्ने बाध्यता छ ।

पोृखरा ।

भुटानमा जारी साफ यु–१७ च्याम्पियनसिपमा नेपालले आज आफ्नो दोस्रो खेलमा श्रीलंकासँग खेल्दैछ ।

थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा हुने खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजेबाट सुरु हुनेछ ।

समूह बी मा रहेको नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तानसँग १–० ले पराजित भएको थियो । त्यसैले सेमिफाइनल पुग्ने सम्भावना कायम राख्न नेपालले श्रीलंकालाई हराउनैपर्ने बाध्यता छ ।

श्रीलंकाको लागि पनि आजको खेल जित्नैपर्ने अवस्था छ । श्रीलंका पहिलो खेलमा घरेलु टोली भुटानसँग ५–१ ले पराजित भएको थियो ।

नेपालले समूहको अन्तिम खेल बुधबार भुटानसँग खेल्नेछ ।

प्रकाशित मिति २०८१ असोज ७ गते सोमबार १०:५५
हजुरको प्रतिक्रिया