२०८३ असोज २५ गते आइतबार

नदीपुरकाे क्लवस्तरीय भलिबल प्रतियाेगिताकाे प्रत्यक्ष प्रशारण पब्लिक फाेरके टेलिभिजनले गर्ने

नदीपुरकाे क्लवस्तरीय भलिबल प्रतियाेगिताकाे प्रत्यक्ष प्रशारण पब्लिक फाेरके टेलिभिजनले गर्ने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असोज ७ गते सोमबार ०६:२२

पोखरा । पोखराको नदीपुरमा  हुने ८ औं क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताकाे प्रत्यक्ष प्रशारण पब्लिक फाेरके टेलिभिजनले गर्ने भएकाे छ । साेमबार एक सम्झाैतामा हस्ताक्षर गरि पाेखरा भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष...

पोखरा ।

पोखराको नदीपुरमा  हुने ८ औं क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताकाे प्रत्यक्ष प्रशारण पब्लिक फाेरके टेलिभिजनले गर्ने भएकाे छ ।

साेमबार एक सम्झाैतामा हस्ताक्षर गरि पाेखरा भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष कुलप्रसाद छन्त्याल कुशलले  ५ दिनसम्म चल्ने साे प्रतियाेगिताकाे प्रत्यक्ष प्रशारणकाे सर्वाधिकार बार्दली मिडिया प्रालिमार्फत सञ्चालित पब्लिक फाेरके टेलिभिजनले लिएकाे बताए ।

‘टेलिभिजनले गण्डकी प्रदेशका महत्वपूर्ण खेल इभेन्टहरू नछुटाइ प्रत्यक्ष प्रशारण गर्ने गरेकाेले यो प्रतियोगिता पनि संसारभरका दर्शकसामु पु¥याउन टेलिभिजनसँग  सहकार्य गरेका हाैं, छन्त्यालले भने ।

राष्टिय खेल भलिबलकाे प्रवद्र्धन र प्रचारका लागि पनि पाेखरा भलिबल प्रशिक्षण केन्द्रले आयोजना गरेकाे प्रतियाेगिताकाे टेलिभिजनमार्फत प्रत्यक्ष प्रशारण हुनु महत्वपूर्ण रहेकाे टेलिभिजनका प्रवन्ध निर्देशक मन क्षेत्रीले बताए । टेलिभिजनले प्रदेशका महत्वपूर्ण खेल इभेन्टहरू आफ्ना  दर्शकसम्म पुर्याउन भरमग्दुर प्रयत्न गरिरहेकाे क्षेत्रीकाे भनाई छ ।

‘क्लवस्तरीय प्रतियाेगिता भएपनि राष्टिय प्रतियाेगिता खेलेका खेलाडीहरू सहभागि हुने भएकाेले प्रतियाेगिता राेचक हुनेछ,  विगतमा जस्तै यो प्रतियोगिताको प्रत्यक्ष प्रशारणलाई पनि दर्शकहरुले साथ दिनुहुनेछ,’ क्षेत्रीले भने ।

असोज ९ गते देखि १३ गतेसम्म पाेखराकाे नदीपुरस्थित छन्त्याल समाजको खेल मैदानमा हुने  प्रतियोगितामा महिलातर्फ १० टाेली र पुरूषतर्फ ८ टाेलीले सहभागिता जनाएकाे प्रतियाेगिताका संरक्षक सञ्चालक पदम श्रेष्ठले बताए ।

प्रतियाेगितास्थलसम्म पुग्न नभ्याउने तर भलिबल हेर्न रूचाउने दर्शकहरूका लागि प्रत्यक्ष प्रशारण प्रभावकारी हुने टेलिभिजनका कार्यक्रम प्रमुख अमृतकुमार भट्टराईले जनाए ।

प्रतियाेगितामा विजेता पुरुष समूहले १ लाख ३० हजार र उपविजेताले ८० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी महिलातर्फ विजेता समूहले ५० हजार रुपैयाँ र उपविजेताले ३५ हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

पुरुषतर्फ सहभागी समूहले ३ जनासम्म राष्ट्रिय खेलाडी र महिलातर्फ समूहमा २ जना राष्ट्रिय खेलाडी समावेश गरि टिम बनाइएकाेले प्रतियाेगिता राेचक हुने प्रतियाेगिता संयोजक मनाेज खड्काले जानकारी गराएका थिए ।

अघिल्लो वर्ष सातौ वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगितामा पुरुष तर्फ गल्कोट स्पोर्ट क्लव र महिला तर्फ धादिङ स्पोर्ट क्लब विजयी बनेका थिए ।

 

प्रकाशित मिति २०८१ असोज ७ गते सोमबार ०६:२२
हजुरको प्रतिक्रिया