पोखरा ।
आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा आज नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।
क्यानडाको किंग सिटीमा नेपालले आज यो श्रृंखलाको अन्तिम खेल खेल्न लागेको हो । खेल नेपाली समयअनुसार राति पौने ९ बजे शुरू हुनेछ ।
क्यानडा भ्रमणमा ३ खेल गुमाइसकेको नेपाललाई क्लिन स्विप हारबाट जोगिन आज जित्नै पर्ने दबाब छ ।
पहिलो खेलमा क्यानडासँग ब्याटिङ र बलिङमा पूरै खराब प्रदर्शन गर्दै नेपाल १ सय ३ रनको फराकिलो अन्तरले पराजित भएको थियो ।
दास्रो खेलमा ओमानविरुद्ध १ विकेटले पराजित भएको नेपालले तेस्रो खेलमा घरेलु टोलीविरुद्ध ५ विकेटको हार बेहोरेको थियो ।
क्यानडासँग टस जिजेर पहिला ब्याटिङ गर्ने निर्णय नेपालका लागि गलत सावित भएको थियो ।
नेपाललाई लिग–२ को शीर्ष ४ मा अटाउन यसै खेल मार्फत पुनरागमन गर्नु पर्ने आवश्यकता छ ।
दोस्रो खेलमा ओमानविरुद्ध तिन परिवर्तन गरेको नेपालले तस्रो खेलमा सोही टिमलाई निरन्तरता दिएको थियो ।
तर त्यसले पनि नेपाली टोलीको हारको शृंखला नरोकिएपछि नेपालले आज पनि प्लेइङ ११ मा केही परिवर्तन गर्ने सम्भावना छ ।
आठ टोली सहभागि लिग–२ मा १४ अंकका साथ क्यानडा शीर्ष स्थानमा छ । नेपाल सात खेलमा दुई अंकका साथ पुछारबाट दोस्रोमा छ ।
६ खेलमा पाँच अंकसहित ओमान छैटौँ स्थानमा छ । त्रिदेशीय श्रृंखलामा नेपालले लगातार खराब प्रदर्शन गरिरहेको छ ।
प्रकाशित मिति २०८१ असोज ८ गते मंगलबार १०:२०




