काठमाण्डौं ।
निर्वाचन आयोगले स्थानीय तहको उपचुनावका लागि दल दर्ता गर्न आह्वान गरेको छ ।
आयोगले आज सूचना निकालेर भोलिदेखि असोज १६ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको हो ।
संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४ अनुसार दल दर्ता आह्वान गरेको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगको कार्यालय कान्तिपथ काठमाण्डौमा दल दर्ताका लागि निवेदन दिन सकिनेछ ।
दल दर्ताका लागि निवेदन दिँदा राजनीतिक दलसम्बन्धी नियमावली–२०७४ को अनुसूची १२ अनुसारको ढाँचाको निवेदन दिनुपर्ने आयोगले जनाएको छ ।
स्थानीय तहको उपचुनाव आउँदो मंसिर १६ मा हुँदैछ ।

प्रकाशित मिति २०८१ असोज ९ गते बुधबार १०:१७