२०८३ साउन २१ गते बिहीबार

पोखराको पुरानो विमानस्थलमा डब्लुएफपीले निर्माण ग¥यो मानवीय सहायता केन्द्र

पोखराको पुरानो विमानस्थलमा डब्लुएफपीले निर्माण ग¥यो मानवीय सहायता केन्द्र

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असोज ९ गते बुधबार ०५:४४

विपत्तका बेला संकलन हुने राहत सामग्रीको अभिलेख राख्ने, सहजीकरण गर्ने र उद्धार एवं राहत वितरणलाई छरितो बनाउनका लागि मानवीय सहायता केन्द्रमार्फत् काम हुने छ ।

गण्डकीमा आइपर्ने मानवीय संकटका बेला केन्द्र उपयोगी हुन्छ : डब्लुएफपी

पोखरा ।

पोखराको पुरानो विमानस्थलमा विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले मानवीय सहायता केन्द्र निर्माण गरेको छ ।

उक्त केन्द्रको नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले बुधबार उद्घाटन गरेका छन् । मौसमको खराबीका कारण उनी पोखरा आउन नसकेपछि भर्चुअल रुपमा उद्घाटन गरेका हुन् ।

गृहमन्त्रीले वक्तव्य दिएर भर्चुअल रुपमा उद्घाटन गरेपछि गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ताम्रपत्र अनावरण गरे ।

कार्यक्रममा गृहमन्त्री लेखकले विपद व्यवस्थापनका लागि ३ तहकै सरकार मिलेर काम भइरहेको र आगामी दिनमा समेत यसले निरन्तरता पाउने बताए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद्का हिसावले गण्डकी प्रेदश अत्यन्त जोखिममा रहेकाले राहात र उद्धारको उत्तीको आवश्यकता खड्कीने बताए । उनले यस वर्ष पनि ठुलो मानविय र भौतिक क्षती भएको जानकारी दिए ।

युरोपेली संघको १ लाख ६१ हजार अमेरिकी डलरको सहयोगमा बनेको उक्त केन्द्रको गत चैतमा शिलान्यास गएिको थियो । उक्त केन्द्रका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले ४ रोपनी जग्गा उपलब्ध गराएको थियो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले छिटै कार्यविधि बनाएर केन्द्र सञ्चालनमा ल्याइने प्रतिबद्धता जनाए ।

केन्द्रमा राहत सामग्री, उद्धारका उपकरण, खाद्यान्न, जेनेरेटर लगायतका सामग्री राखिने छ । गण्डकीमा आइपर्ने मानवीय संकटका बेला यो केन्द्र उपयोगी हुने डब्लुएफपीले जनाएको छ ।

विपत्तका बेला संकलन हुने राहत सामग्रीको अभिलेख राख्ने, सहजीकरण गर्ने र उद्धार एवं राहत वितरणलाई छरितो बनाउनका लागि मानवीय सहायता केन्द्रमार्फत् काम हुने छ ।

खासगरी भूकम्प, बाढी, पहिरोजस्ता प्राकृतिक विपत्तिपछि राहत तथा उद्धारका लागि केन्द्रले काम गर्ने छ ।

 

प्रकाशित मिति २०८१ असोज ९ गते बुधबार ०५:४४
हजुरको प्रतिक्रिया