२०८३ साउन २१ गते बिहीबार

पाेखरामा क्लवस्तरीय भलिबलका ५ खेलहरू सम्पन्न

पाेखरामा क्लवस्तरीय भलिबलका ५ खेलहरू सम्पन्न

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असोज ९ गते बुधबार ०८:२२

पहिलाे दिन पुरूषतर्फ गलकाेट एनवाइएससि जापान र एपीएफ पाेखराले जीत दर्ता गरका छन् ।

महिलातर्फ शान्ता भलिबल प्रशिक्षण केन्द्र र बागलुङ दाेस्राे चरणमा

पाेखरा ।

पोखराको नदीपुरमा जारी क्लवस्तरीय भलिबल प्रतियाेगितामा पहिलो चरणका ५ खेलहरु सम्पन्न भएका छन् ।

पोखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा आजदेखि शुरु प्रतियोगितामा पुरुषतर्फ ३ र महिलातर्फ २ खेलहरु सम्पन्न भएका हुन् ।

महिलातर्फ शान्ता भलिबल प्रशिक्षण केन्द्र पोखरा र भलिबल समूह बागलुङ प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेका छन् । शान्ता भलिबल प्रशिक्षण केन्द्र पोखराले जुम्बा समूह पोखराको टोलीलाई २५–६ र २५–१० को सोझो सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको हो ।

प्रतियोगिताको अर्को खेलमा भलिबल समूह बागलुङले अनिल भलिबल ग्रुप पर्वतलाई २८–२६, २५–१७ र २५–१८ को जीत दर्ता ग¥यो । महिलातर्फको प्रतियोगिता नकआउट नियमका आधारमा खेलाइएको र पहिलो चरणका खेलहरु बेस्ट अफ थ्रि नियममा खेलाइएको आयोजकले जनाएको छ ।

जारी प्रतियोगितामा पुरुषतर्फ बुधबार नेपाल युथ स्पोर्टस क्लव जापान, सशस्त्र प्रहरी बल एपीएफ पोखरा र गलकोट स्पोर्टसले जीत दर्ता गरेका छन् ।

सञ्जुविक्रम शाह, रेशम छन्त्याललगायतका खेलाडी सम्मिलित नेपाल युथ स्पोर्टस क्लव जापानले आयोजक पोखरा भलिबल प्रशिक्षण केन्द्र पोखरालाई २५–१५ र २५–१२ को सोझो सेटमा पराजित ग¥यो ।

पुरुषतर्फको दोस्रो खेलमा एपीएफ पोखराले अन्नपूर्ण गाउँपालिकाको टोलीलाई २५–१९ र २८–२६ ले पराजित ग¥यो । लिगकम नकआउट नियमानुसार खेलाइएको पुरुषतर्फको खेलका पहिलो चरणहरु समेत बेस्ट अफ थ्रि नियमानुसार खेलाइएको थियो ।

प्रतियोगिताको अन्तिम खेलमा गलकोट स्पोर्टस क्लव बागलुङले भलिबल टिम पर्वतलाई २३–२५, २५–२० र २५–१७ ले पराजित ग¥यो । बिहीबार महिलातर्फका २ र पुरुषतर्फ ४ खेलहरु हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति २०८१ असोज ९ गते बुधबार ०८:२२
हजुरको प्रतिक्रिया