२०८३ साउन २१ गते बिहीबार

बिहीबार क्लब स्तरीय भलिबलका ७ खेल हुने

बिहीबार क्लब स्तरीय भलिबलका ७ खेल हुने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असोज १० गते बिहीबार ०९:२४

पाेखरा । पोखराको नदीपुरमा जारी क्लवस्तरीय भलिबल प्रतियोगिता अन्तर्गत बिहिबार ७ खेल हुने आयोजकले जनाएको छ । पोखरा भलिबल प्रशिक्षण केन्द्र, पोखराको आयोजनामा नदिपुरस्थित छन्त्याल समाजको भलिबल मैदानमा जारी प्रतियोगिता अन्तर्गत...

पाेखरा ।

पोखराको नदीपुरमा जारी क्लवस्तरीय भलिबल प्रतियोगिता अन्तर्गत बिहिबार ७ खेल हुने आयोजकले जनाएको छ ।

पोखरा भलिबल प्रशिक्षण केन्द्र, पोखराको आयोजनामा नदिपुरस्थित छन्त्याल समाजको भलिबल मैदानमा जारी प्रतियोगिता अन्तर्गत दोस्रो दिन महिलातर्फ २ र पुरुषतर्फ ५ खेल हुनेछ ।

बिहीबारको पहिलो खेलमा महिलातर्फ अर्चलबोटले नदिपुरसँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो खेलमा कनेक्टिङ पोखरासँग टिम पोखरा खेल्नेछ ।

पुरुषतर्फ बुधबार लाईट प्रोटेस्टका कारण रोकिएको गलकोट भलिबल र आँधिखोला दिल्लीबिचको खेल हुनेछ । त्यसपछि पोखरा भलिबल प्रशिक्षण केन्द्रसँग टिम पर्वत भिड्नेछ ।

पुरुषतर्फ नै अन्नपूर्ण गाउँपालिकाले गलकोट भलिबलसँग खेल्नेछ । अर्को खेलमा नेपाल यूथ स्पोर्ट्स क्लब जापानले गल्कोट स्पोर्ट्ससँग प्रतिस्पर्धा गर्नेछ । भने, बिहीबारको अन्तिम खेल सशस्त्र प्रहरी बल (एपिएफ) पोखरा र आँधिखोला दिल्लीबिच हुने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिता अन्तर्गत पहिलो दिन ५ खेल भएका थिए । बुधबार पुरुषतर्फ ३ र महिलातर्फ २ खेलहरु सम्पन्न भएका हुन् ।

उक्त खेलबाट महिलातर्फ शान्ता भलिबल प्रशिक्षण केन्द्र पोखरा र भलिबल समूह बागलुङ प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेका छन् । शान्ता भलिबल प्रशिक्षण केन्द्र पोखराले जुम्बा समूह पोखराको टोलीलाई २५–६ र २५–१० को सोझो सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको हो ।

प्रतियोगिताको अर्को खेलमा भलिबल समूह बागलुङले अनिल भलिबल ग्रुप पर्वतलाई २८–२६, २५–१७ र २५–१८ को जीत दर्ता ग¥यो । महिलातर्फको प्रतियोगिता नकआउट नियमका आधारमा खेलाइएको र पहिलो चरणका खेलहरु बेस्ट अफ थ्रि नियममा खेलाइएको आयोजकले जनाएको छ ।

जारी प्रतियोगितामा पुरुषतर्फ बुधबार नेपाल युथ स्पोर्टस क्लव जापान, सशस्त्र प्रहरी बल एपीएफ पोखरा र गलकोट स्पोर्टसले जीत दर्ता गरेका छन् ।

सञ्जुविक्रम शाह, रेशम छन्त्याललगायतका खेलाडी सम्मिलित नेपाल युथ स्पोर्टस क्लव जापानले आयोजक पोखरा भलिबल प्रशिक्षण केन्द्र पोखरालाई २५–१५ र २५–१२ को सोझो सेटमा पराजित ग¥यो ।

पुरुषतर्फको दोस्रो खेलमा एपीएफ पोखराले अन्नपूर्ण गाउँपालिकाको टोलीलाई २५–१९ र २८–२६ ले पराजित ग¥यो । प्रतियोगिताको अन्तिम खेलमा गलकोट स्पोर्टस क्लव बागलुङले भलिबल टिम पर्वतलाई २३–२५, २५–२० र २५–१७ ले पराजित ग¥यो ।

लिगकम नकआउट नियमानुसार खेलाइएको पुरुषतर्फको खेलका पहिलो चरणहरु समेत बेस्ट अफ थ्रि नियमानुसार खेलाइएको थियो ।

 

प्रकाशित मिति २०८१ असोज १० गते बिहीबार ०९:२४
हजुरको प्रतिक्रिया