२०८३ असोज २५ गते आइतबार

धरौटीमा छुटे ढाकाकुमार श्रेष्ठ

धरौटीमा छुटे ढाकाकुमार श्रेष्ठ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असोज १० गते बिहीबार ०५:१७

पूर्वसांसद ढाकाकुमार श्रेष्ठ धरौटीमा छुटेका छन् ।

पोखरा
पूर्वसांसद ढाकाकुमार श्रेष्ठ धरौटीमा छुटेका छन् । लागुऔषध कारोबारको आरोपमा पक्राउ परेका ढाकाकुमारलाई जिल्ला अदालत कास्कीले बुधबार ७५ हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो ।

जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजालसले श्रेष्ठलाई धरौटीमा छोड्न आदेश दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । उनले धरौटी बुझाएर रिहा भएको अधिकारीले बताए ।

जिल्ला प्रहरी कार्यालय कास्कीको गत भदौं २७ गते प्रतिबन्धित औषधि (लागुऔषध) टापेटाडोल कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ गरेको थियो । लागुऔषधसहित पक्राउ परेका एक युवकको वयानका आधारमा पृथ्वीचोकस्थित दिया फार्मेसीका सञ्चालकसमेत रहेको ढाकाकुमारलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार ती युवकले उक्त लागुऔषध ढाकाकुमारले सञ्चालन गरेको फार्मेसीबाट ल्याएको बताएका थिए ।

वयान दिएको ती व्यक्तिलाई भने अदालले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

प्रकाशित मिति २०८१ असोज १० गते बिहीबार ०५:१७
हजुरको प्रतिक्रिया