२०८३ असोज २५ गते आइतबार

एसिया रग्बीका अध्यक्ष कायस नेपाल आउँदै

एसिया रग्बीका अध्यक्ष कायस नेपाल आउँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असोज ११ गते शुक्रबार ०६:४८

उनी प्रतियोगिता उद्घाटन तथा समापन समारोहमा सहभागी हुन फ्लाई दुबइमार्फत १८ गते बिहान नेपाल आइपुने छन् ।

 

काठमाडौं ।

नेपालमा हुन गइरहेको एसियाकै ठूलो रग्बी प्रतियोगिता एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी– २०२४ का लागि एसिया रग्बीका अध्यक्ष कायस अल धलाई नेपाल आउँदै छन् ।

उनी प्रतियोगिता उद्घाटन तथा समापन समारोहमा सहभागी हुन फ्लाई दुबइमार्फत १८ गते बिहान नेपाल आइपुने छन् ।

सो प्रतियोगिता एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा असोज १८ र १९ गते नेपालमा प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । प्रतियोगितामा एसियाका १७ राष्ट्रले प्रतिस्पर्धा गर्ने छन् । नेपालमा एसियाली स्तरको सिनियर रग्बी प्रतियोगिता हुन लागेको यो पहिलो पटक हो ।

यस प्रतियोगिताका लागि नेपालले पछिल्लो तीन महिनादेखि पोखरामा तयारी गरिरहेको छ ।

प्रतियोगिताको च्याम्पियन महिला तथा पुरुष टोलीले एसिया रग्बीको ट्रफी सहित स्वर्ण पदक, दोस्रो हुनेले रजत र तेस्रो हुने टोलीले कास्य पदक प्राप्त गर्नेछन् ।

यो प्रतियोगिता २०२५ मा हुने एसिया रग्बी सेभेन्स सिरिजको छनोटको रुपमा समेत रहको छ । काठमाडौंमा हुने एसिया रग्बी सेभेन्स ट्रफीको महिला र पुरुषतर्फको विजेताले २०२५ मा हुने एसिया रग्बी सेभेन्स सिरिजमा स्थान बनाउने छन् ।

नेपाली टिमले सन २०१५ को प्रि– ओलम्पिक क्वालिफायर र सन् २०१६ देखि एसिया रग्बी सेभेन्स ट्रफीमा सहभागी हुँदै आएको छ । गत वर्ष कतारमा सम्पन्न भएको प्रतियोगितामा नेपालको पुरुष टोलीले साउदी अरेबिया र कीर्गिस्तानलाई हराएको थियो ।

नेपालले यो प्रतियोगिताबाट आफ्नो वरियता सुधारसँगै बल च्याम्पियन बन्ने लक्ष्य राखेको नेपाल रग्बी संघले जनाएको छ ।

 

प्रकाशित मिति २०८१ असोज ११ गते शुक्रबार ०६:४८
हजुरको प्रतिक्रिया