२०८३ साउन २१ गते बिहीबार

नारायणी नदिले खतरा तह पार गर्यो, गैंडाकोटका सय घर डुबानमा

नारायणी नदिले खतरा तह पार गर्यो, गैंडाकोटका सय घर डुबानमा

राजु सुवेदी

@Public 4K Tv

२०८१ असोज १२ गते शनिबार ०९:१०

चितवनको देवघाटस्थित मापन केन्द्रले दिएको जानकारी अनुसार देवघाट क्षेत्रमा नारायणी नदीको सतह १०.७५ मिटर पुगेको छ भने नारायणगढस्थित नारायणी पुलमा १२.७२ मिटर पुगेको छ ।

कावासोती ।

बिहिबार रातीदेखीपरेको लगातारको झरीले नारायणी नदिको सतहले खतराको तह पार गरेको छ ।

चितवनको देवघाटस्थित मापन केन्द्रले दिएको जानकारी अनुसार देवघाट क्षेत्रमा नारायणी नदीको सतह १०.७५ मिटर पुगेको छ भने नारायणगढस्थित नारायणी पुलमा १२.७२ मिटर पुगेको छ ।

देवघाटमा पानीको सतह ७.३ मिटर नाघ्दा सतर्क रहन चेतावनी दिने गरिन्छ । त्यसैगरी अबिरल झरीका कारण गैंडाकोटका सय घरमा बाढि पसेको छ ।

गैंडाकोट प्रहरीले बताएअनुसार गैंडाकोट नगरपालिका वडा नं २ को सुकुम्बासी टोल र बोटे टोलमा बाढीका कारण घर डुबानमा परेका हुन् ।

घरहरुमा दुईतिन फिट पानी पसेको र बढ्ने क्रममा रहेको प्रहरीले जनाएको छ । डुबान क्षेत्रको उद्धारका लागि डुंगा र स्काभेटरको प्रयोग गरिरहेको जनाएको छ ।

हालसम्म मानविय तथा पशुचौपायामा क्षति नभएको जनाएको छ ।

प्रकाशित मिति २०८१ असोज १२ गते शनिबार ०९:१०
हजुरको प्रतिक्रिया