२०८३ साउन २१ गते बिहीबार

नयाँगाउँमा हुने ‘एमेच्युअर फुटबल’को तयारी तिब्र

नयाँगाउँमा हुने ‘एमेच्युअर फुटबल’को तयारी तिब्र

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असोज १२ गते शनिबार ०६:०७

पोखरा महानगरपालिका १५ नयाँगाउँमा विकास प्रिजेन्टस् सिक्स ए साइड एमेच्युअर फुटबल प्रतियोगिता हुने भएको छ ।

पोखरा ।

पोखरा महानगरपालिका १५ नयाँगाउँमा विकास प्रिजेन्टस् सिक्स ए साइड एमेच्युअर फुटबल प्रतियोगिता हुने भएको छ ।

पोखरा महानगरपालिका –१५ को वडा कार्यालय नजिक रहेको खेलमैदानमा ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहितत आउँदो १५ गतेदेखि १९ गतेसम्म उक्त प्रतियोगिता हुन लागेको हो ।

नयाँ गाउँ युवा क्लबको विशेष सहयोगमा पाँच दिन चल्ने सो प्रतियोगिताको विजेताले नगद ६० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिताका परिकल्पनाकार विकाश गुरुङले जानकारी दिए । उपविजेताले नगद ३० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।

प्रतियोगितामा विधागततर्फ उत्कृष्ट खेलाडी, उदीयमान खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेण्डर तथा सर्वाधिक गोलकर्तालाई जनही ३ हजार रुपैयाँले पुरस्कृत गरिने उनले बताए । अनुशासित टिमलाई नगद ५ हजार प्रदान गरिनेछ ।

प्रतियोगितामा ‘ए’, ‘बि’ र ‘सि’ डिभिजन साथै गोल्डकपहरु खेलेका खेलाडीहरु सहभागि हुन नपाउने गुरुङले जानकारी दिए । उनले सो कार्यक्रमको उद्घाटनको अवसरमा पोखरा १५ मा क्रियाशिल आमा समूहरुको झाँकीसहितको र्याली प्रतियोगितासमेत आयोजना गरिने जानकारी दिए ।

झाँकीमा प्रथम हुने समूहलाई नगद रु ७ हजार र दोस्रो हुने समूहलाई नगद रु ५ हजारसहित प्रमाणपत्र प्रदान गरिनेछ प्रतियोगितामा सहभागिता जनाउनका लागि दर्ता शुल्क रु ५ हजार निर्धारण गरिएको छ ।

प्रकाशित मिति २०८१ असोज १२ गते शनिबार ०६:०७
हजुरको प्रतिक्रिया