२०८३ साउन २१ गते बिहीबार

काेराेनाका कारण पोखरा १ कि २५ बर्षीय युवतीको मृत्यु

काेराेनाका कारण पोखरा १ कि २५ बर्षीय युवतीको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ माघ ९ गते शुक्रबार १२:३४

पोखरा । काेराेना भाइरसकाे संक्रमणका कारण पोखरामा थप एक जनाको ज्यान गएको छ । कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं १ की २५ बर्षीय कोरोना संक्रमित युवतीको गत ७ गते राती उपचारकै क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा...

शुक्रबार पोखरामा थप २४ संक्रमित थपिए

पोखरा । काेराेना भाइरसकाे संक्रमणका कारण पोखरामा थप एक जनाको ज्यान गएको छ ।

कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं १ की २५ बर्षीय कोरोना संक्रमित युवतीको गत ७ गते राती उपचारकै क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । मृतकमा गत ५ गते कोरोना पुष्टि भएको थियो ।

नीजमा कोभिड निमोनिया, हाइपरटेन्सन तथा चाैथो चरणको मृगाैला सम्वन्धी समस्या रहेको निर्देशनालयले उल्लेख गरेको छ । यससंगै गण्डकी प्रदेशमा काेराेनाका कारण ज्यान गुमाउनेको संख्या २०३ पुगेको छ ।

यस्तै शुक्रबार पोखरामा थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको निर्देशनालयले जानकारी दिएको छ ।

प्रकाशित मिति २०७७ माघ ९ गते शुक्रबार १२:३४
हजुरको प्रतिक्रिया