२०८३ साउन २१ गते बिहीबार

 क्लब स्तरीय भलिबल प्रतियोगिता नदिपुरमा जारी

 क्लब स्तरीय भलिबल प्रतियोगिता नदिपुरमा जारी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असोज १४ गते सोमबार ०७:२४

हिजोदेखि पुनः सुरु भएको खेलबाट सेमीफाइनलमा प्रवेश गरेका महिला र पुरुष तर्फका २÷२ खेल सोमबार आज बिहानदेखि नै हुनेछन् । महिला तर्फ बिहान ८ बजे नदिपुर एसपी पोखरा र शान्ता भलिबल खेल हुनेछ भने १० बजे टिम बागलुङ र धादिङ स्पोट्र्स क्लब धादिङको प्रतियोगिता हुनेछ ।

आज सेमीफाइनलका खेल हुँदै

पोखरा ।

अविरल वर्षाका कारण २ दिन स्थगित आठौं क्लब स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता आइतबारबाट पुनः सुरु भएको छ ।

पोखरा भलिबल प्रशिक्षण केन्द्र र ए फोर ग्राफिक डिजाइन एण्ड प्रिन्टिङ प्रेसद्वारा संयुक्त रुपमा आयोजित प्रतियोगिता असोज ९ गते बुधबारदेखि पोखरा नदिपुरको छन्त्याल समाजघरमा सुरु भएकोमा शुक्रबार र शनिबार वर्षाका कारण रोकिएको थियो ।

हिजोदेखि पुनः सुरु भएको खेलबाट सेमीफाइनलमा प्रवेश गरेका महिला र पुरुष तर्फका २÷२ खेल सोमबार आज बिहानदेखि नै हुनेछन् ।

महिला तर्फ बिहान ८ बजे नदिपुर एसपी पोखरा र शान्ता भलिबल खेल हुनेछ भने १० बजे टिम बागलुङ र धादिङ स्पोट्र्स क्लब धादिङको प्रतियोगिता हुनेछ ।

त्यसैगरी पुरुष तर्फ १२ बजे आँधिखोला दिल्ली र गल्कोट स्पोर्टस् क्लब बागलुङ भिड्नेछन् भने दिउँसो २ बजे एपिएफ मालेपाटन र नेपाल युथ स्पोर्टस् जापान फाइनलको लागि भिड्नेछन् ।

फाइनल खेल मंगलबार हुने छ ।

प्रतियोगिताको प्रत्यक्ष प्रशारण पब्लिक फोरके टेलिभिजनले गरिरहेको छ ।

प्रकाशित मिति २०८१ असोज १४ गते सोमबार ०७:२४
हजुरको प्रतिक्रिया