काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विपदको घडीमा सक्दो सहयोग र राहत पुर्याउने कार्यमा सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्ति गरेका छन् ।
संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा सहभागी भइ स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग उनले बाढी पहिरोमा परि मृत्यु हुनेप्रति श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै राहत पुर्याउने कार्यमा कमि नआउने बताएका हुन् ।
उनले भने, ‘म मुलुक बाहिर रहँदा देशमा अकल्पनीय बाढी पहिरोले जनधनमा क्षति पुर्यायो । सयौँ जनताको मृत्यु भयो । केही अझै बेपत्ता हुनुहुन्छ । सयौँ घाइते हुनुहुन्छ । म मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । सरकारी निकाय र जनस्तरबाट उद्धारको कार्य जारी छ । सुझबुझ र धैर्यताको लागि देशवासी दाजुभाइ तथा दिदीबहिनीहरूमा धन्यवाद ज्ञापन गर्दछु । सरकार यहाँहरूकै हो । यस विपदको घडीमा सक्दो सहयोग र राहत पुर्याउने कार्यमा सरकारले कुनै कसर बाँकी राख्ने छैन भन्ने विश्वास दिलाउन चाहन्छु ।’
यसको साथै, उनले संयुक्त राष्ट्रसंघको महासभामा नेपालमा अभ्यास गरिदै आएको परिपूर्ण लोकतन्त्र तथा यसका आधारभूत पक्षहरु मानव अधिकार, लैगिंक समानता, कानूनको शासन, सामाजिक न्याय र सामाजिक सुरक्षाको विषयमा प्रकाश पारेको बताए ।
पूर्णपाठ
म मुलुक बाहिर रहँदा देशमा अकल्पनीय बाढी पहिरोले जनधनमा क्षति पुर्यायो । सयौँ जनताको मृत्यु भयो । केही अजै बेपत्ता हुनुहुन्छ । सयौँ घाइते हुनुहन्छ । म मृतकहरू प्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । सरकारी निकाय र जनस्तरबाट उद्धारको कार्य जारी छ । सुझबुझ र धैर्यताको लागि देशवासी दाजुभाइ तथा दिदीबहिनीहरूमा धन्यवाद ज्ञापन गर्दछु । सरकार यहाँहरूकै हो । यस विपदको घडीमा सक्दो सहयोग र राहत पुर्याउने कार्यमा सरकारले कुनै कसर बाँकी राख्ने छैन भन्ने विश्वास दिलाउन चाहन्छु ।
संयुक्त राष्ट्रसंघको ७९औं महासभा तथा समिट अफ द फ्युचरमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यहि असोज ४–१४ सम्म (तदनुसार सेप्टेम्बर २० देखि ३० सम्म) सहभागी भएँ । न्यूयोर्क (संयुक्त राज्य अमेरिका) को भ्रमण सफलतापूर्वक सम्पन्न गरी प्रतिनिधिमण्डलसहित म आज स्वदेश फर्केको छु ।
असोज ६ र ७ गते (तदानुसार सेप्टेम्बर २२ र २३) संयुक्त राष्ट्रसंघको मुख्यालयमा समिट अफ द फ्युचर सम्पन्न भयो । सेटेम्बर २२ मा अतिकम विकसित राष्ट्रहरुको समुहको अध्यक्षको हैसियतमा मैले त्यस समिटको मुख्य सत्रमा सम्बोधन गरेँ। मैले समिटले पारित गरेको ’प्याक्ट फर द फ्युचर, ग्लोबल डिजिटल कमप्याक्ट र डिक्लेरेसन्स अन फ्युचर जेनरेसन्स’लाई अतिकम विकसित राष्ट्रहरुको समुहले स्वागत गरेको उल्लेख गरे । सम्बोधनको क्रममा मैले यी सहमतिहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिनु पर्ने सुझाव राखेको छु । जसबाट अतिकम विकसित राष्ट्रहरुले भोगी रहेको गरिबी, भोकमरी, असमानता एवं जलवायु परिवर्तन लगायतका समस्याहरुको पनि समाधान हुने विश्वास व्यक्त गरेको छु।
त्यसैगरी, असोज ६ गते (तदानुसार सेप्टेम्बर २२) समिट अफ द फ्युचरको साइडलाइनमा आयोजित त्चबलकायचmष्लन नयिदब िनयखभचलबलअभ बलम तगचदयअजबचनष्लन तजभ ष्mउझिभलतबतष्यल या तजभ द्दण्घण् बनभलमब ायच कगकतबष्लबदभि मभखभयिऊभलत विषयक पहिलो क्ष्लतभचबअतष्खभ म्ष्बयिनगभ को पनि अध्यक्षता गरें। उक्त सत्रमा ३७ सदस्य राष्ट्रहरु सहित बिभिन्न संस्थाका ५० जनाले आ–आफ्नो मन्तव्य राखेका थिए । वक्ताहरुमा विश्व बैङ्क समुहका अध्यक्ष, अन्तर्राष्ट्रिय मुद्रा कोषका कार्यकारी अधिकृत र विश्व व्यापार संगठनका महानिर्देशक पनि हुनुहुन्थ्यो ।
ीभबखष्लन ल्य इलभ द्यभजष्लम ब्अतष्लन त्यनभतजभच ायच तजभ ब्मखबलअझभलत या एभबअभ, क्गकतबष्लबदभि म्भखभयिऊभलत बलम ज्गmबल म्ष्नलष्तथ ायच एचभकभलत बलम ँगतगचभ न्भलभचबतष्यलक थीममा आधारित चालु महासभाको छलफल २४ सेप्टेम्बरमा शुरु भई ३० सेप्टेम्बरमा अन्त्य थियो । यस छलफलमा सहभागी हुँदै मैले असोज १० (तदनुसार २६ सेप्टेम्बर २०२३) मा महासभालाई सम्बोधन गरेँ ।
सम्बोधनमा मैले नेपालमा अभ्यास गरिदै आएको परिपूर्ण लोकतन्त्र तथा यसका आधारभूत पक्षहरु मानव अधिकार, लैगिंक समानता, कानूनको शासन, समाजिक न्याय र समाजिक सुरक्षाको विषयमा प्रकाश पारेँ। हामीले आफ्नो मौलिक शान्ति प्रक्रियामा प्राप्त गरेका उपलब्धिको बारेमा बताउँदै त्यसलाई ठोस निष्कर्षमा पुर्याउन आवश्यक परिपुरण तथा क्षतिपुर्तिका लागि अन्तरराष्ट्रिय समुदायको सहयोगको लागि जोड दिएँ ।
त्यसैगरी, जलवायु परिवर्तन तथा यसले गर्दा नेपालको हिमालमा पारेका प्रभावहरु र त्यसका निराकरणका उपायहरु, हिमाली राष्ट्रहरूका समस्याको समाधानका लागि विश्व समुदायको यथोचित ध्यानाकर्षण गराएको छु। विकासशील मुलुक र खासगरी नेपाल लगायतका अतिकम विकसित मुलुकहरुमा दिगो विकासका लक्ष्यहरुको प्राप्तिमा गम्भिर बाधा एवं चुनौतिहरु देखा परेको बताउँदै दिगो विकासका लक्ष्यहरु प्राप्तिका लागि पर्याप्त आर्थिक तथा प्राविधिक सहयोगका लागि अवश्यक साधनस्रोतको व्यवस्थाका हुन विश्व समुदायको ध्यानाकर्षण गराएको छु। अतिकम विकसित तथा भूपरिवेष्टित राष्ट्रका समस्याहरूप्रति विश्वको ध्यानाकर्षण गराउँदै ती राष्ट्रहरूको विकासका लागि अन्तर्राष्ट्रिय सहयोग, प्रविधि हस्तान्तरण र लगानीका माध्यमबाट गरिबी तथा असमानता हटाउँदै जानुपर्ने विषयमा विशेष जोड दिएको छु ।
सम्बोधनको क्रममा मैले समकालीन विश्वका प्रमुख मुद्दाहरू, मानवअधिकार, आतङ्कवाद तथा निशस्त्रीकरण बारे नेपालको दृष्टिकोण प्रस्तुत गरेको छु ।
संयुक्त राष्ट्रसंघको बडापत्रमा निहित सिद्धान्त र उद्देश्यहरू प्रति नेपालको अटुट प्रतिबद्धता दोहो–याउँदै त्यसले विश्वशान्ति, मानव अधिकार तथा विकासका क्षेत्रमा खेलेको भूमिकाको सराहना गरेको छु । बढ्दो भूराजनीतिक प्रतिस्पर्धा, हतियारको होडबाजी, विश्वभरी बढ्दो द्वन्द र यो संवेदनशील समयमा बहुपक्षीयता थप सुदृढिकरण हुनुपर्ने तथा संयुक्त राष्ट्रसंघको सुधार तथा पुनर्संचनामा जोड दिएको छु ।
त्यस्तै असोज ९ गते (तदानुसार सेप्टेम्बर २५) संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजित ज्ष्नज–ीभखभ िएभिलबचथ ःभभतष्लन ब्ममचभककष्लन यल तजभ त्जचभबतक एयकभम दथ क्भब ीभखभ िच्ष्कभ को मुख्य सत्रमा पनि मैले सम्बोधन गरेँ। मैले जलवायु परिवर्तनले हिमालको पर्यावरणमा ल्याएका गम्भीर चुनौतिहरु मध्ये अत्यधिक मात्रामा हिउँ पग्लिने कारणबाट समुद्रतटको जनजीवन तथा मुलुकहरु संकटमा परेको बताउँदै हिमालदेखि समुद्रसम्मको एकीकृत अवधारणाबाट नै समस्याको समाधान गर्न सक्ने सुझाव अन्तर्राष्ट्रिय समुदायसमक्ष राखेको छु। समुद्र सतह बढ्नु परिणाम हो, हिमाल पग्लिनु कारण हो । त्यसैले कारणलाई सम्बोधन गर्नुपर्नेमा मैले जोड दिएको छु ।
असोज १० गते (तदानुसार सेप्टेम्बर २६) संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजित ज्ष्नज–ीभखभ िएभिलबचथ ःभभतष्लन ब्ममचभककष्लन यल ब्लतष्mष्अचयदष्ब िच्भकष्कतबलअभ को मुख्य सत्रमा पनि मैले सम्बोधन गरेँ । नेपालले यसलाई सार्वजनिक महत्वको स्वास्थ्य नीतिको रूपमा अंगिकार गरेको र विभिन्न राष्ट्रिय नीति तथा कानूनहरु लागू गरेको जानकारी गराएको छु। यसको सुरक्षित प्रयोगका लागि नियमन तथा सुदृढ अन्तर्राष्ट्रिय साझेदारी हुनुपर्नेमा जोड दिएको छु ।
असोज ९ गते (तदानुसार सेप्टेम्बर २५) को साँझ संयुक्त राज्य अमेरिकाका राष्ट्रपति महामहिम जोसेफ वाइडेनले आयोजना गर्नु भएको रिसेप्सनमा सहभागी हुँदा अमेरिकी राष्ट्रपतिसँग नेपालको वारेमा संक्षिप्त कुराकानी भयो ।
अमेरिकी अन्तर्राष्ट्रिय सहयोग निकाय (ग्क्ब्क्ष्म्) ले असोज ७ गते (तदानुसार २३ सेप्टेम्बर) आयोजना गरेको “ब् ीभबम–ँचभभ ँगतगचभ” विषयक कार्यक्रमलाई सम्बोधन गरी नेपालले विभिन्न क्षेत्रमा लिडको प्रयोगलाई न्यूनिकरण तथा प्रतिबन्धित गरी यसले बालबालिकाको स्वास्थ्यमा पार्ने बहुआयामिक असरलाई निराकरण गर्नेतर्फ चालेका कदमहरूको बारेमा जानकारी गराएको छु ।
असोज ९ गते (तदानुसार सेप्टेम्बर २५) संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजित ऋष्mिबतभ ख्गलिभचबदभि ँयचगm ीभबमभचक ःभभतष्लन मा मैले जलवायु परिवर्तनका कारकहरुले नेपाल जस्ता अति प्रभावित मुलुकहरुलाई बढि भन्दा बढि आर्थिक र प्राविधिक सहयोग प्रदान गर्नु पर्नेमा जोड दिएको छु ।
असोज ९ गते (तदानुसार २५ सेप्टेम्बर) माउन्ट साइनाई हस्पिटलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ क्षेत्रमा नेपालले अवलम्बन गरेका नीति, कार्यक्रम तथा हासिल गरेका उपलब्धिको बारेमा प्रकाश पारेँ । गुणस्तरीय स्वास्थ्यका लागि माउन्ट साइनाई हस्पिटलजस्ता संस्थासँग सहकार्य गर्न नेपाल सदैव तयार रहेको जानकारी गराएको छु ।
असोज ५ गते (सेप्टेम्बर २१ मा) राष्ट्र संघका महासचिव महामहिम एन्टोनियो गुटेरससँग मेरो द्विपक्षीय भेटवार्ता भयो । भेटको क्रममा नेपालको शान्ति प्रक्रियामा भएको प्रगति, नेपालमा जलवायु परिवर्तनको प्रभाव न्युनीकरणका लागि संयुक्त राष्ट्रसंघको सहयोग, संयुक्त राष्ट्रसंघको विकास र सुदृढिकरणमा नेपालको समर्थन तथा संयुक्त राष्ट्रसंघ अन्तर्गत शान्ति स्थापनार्थ कार्यमा नेपालको योगदानको विषयमा छलफल भयो । नेपालले संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा गरेको योगदानका आधारमा सचिवालय तथा मिसनमा नेपालको उच्चतहमा प्रतिनिधित्व हुनु पर्ने समेत अनुरोध गरेको छु । साथै, हामीले निकट भविष्यमै आयोजना गर्न लागेको सगरमाथा संवादमा समुपस्थितिको लागि महासचिवलाई आमन्त्रण गरेको छु ।
असोज १० गते (तदानुसार सेप्टेम्बर २६ मा) महासभाको ७९औं सत्रका अध्यक्ष महामहिम फिल्मेन याङसँग मेरो द्विपक्षीय भेटवार्ता भयो । भेटको क्रममा ७९औं सत्रका लागि तोकिएका प्राथमिकता तथा नेपालसँगको सहकार्यका विषयमा छलफल भयो ।
संयुक्त राष्ट्रसंघको महासभा तथा उपर्युक्त उच्चस्तरीय बैठकहरूमा नेपालले गरेको सम्बोधनका पूर्ण पाठ तथा प्रेस वक्तव्यहरू परराष्ट्र मन्त्रालय एवं स्थायी नियोग, न्यूयोर्कको वेवसाइट तथा ट्विटर लगायतका माध्यमबाट प्रकाशित गरिएको छ ।
७९औं महासभामा संसारभरबाट ७० राष्ट्रप्रमुखहरु र ४८ सरकारप्रमुखहरु र अन्य देशहरूबाट उपराष्ट्रपति, उपप्रधानमन्त्री र परराष्ट्र मन्त्री तहमा समेत गरी १८९ राष्ट्रहरुको प्रतिनिधित्व भएको थियो ।
महासभाको साइडलाइनमा विभिन्न मित्रराष्ट्रका समकक्षीहरू तथा संयुक्त राष्ट्रसंघका उच्च अधिकारीहरूसँग भेटघाट गरी द्विपक्षीय तथा बहुपक्षीय हित र चासोका विषयहरूमा छलफल तथा कुराकानी भएको छ ।
असोज ६ गेत (तदानुसार २२ सेप्टेम्बर) छिमेकी राष्ट्र भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटघाट सम्पन्न भएको छ । भेटघाटका अवसरमा नेपाल र भारत बीचको बहुआयामिक द्विपक्षीय सम्बन्धका बारेमा कुराकानी भएको छ ।
असोज ६ गते (सेप्टेम्बर २२) भुटानका प्रधानमन्त्री दासो छिरिङ्ग तोग्बेसँग, असोज ९ गते (तदानुसार सेप्टेम्बर २५) बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाकार मोहम्मद युनुससँग तथा असोज १० गते (तदानुसार सेप्टेम्बर २६) पाकिस्तानका प्रधानमन्त्री मोहम्मद सहबाज सरिफसँग भेटवार्ता भएको छ । यी मुलुकहरूसँग रही आएको मित्रवत सम्बन्ध तथा बहुपक्षीय विषयहरूमा आपसी सहकार्यलाई थप सुदृढ गर्ने बारेमा छलफल भएको छ ।
असोज ६ गते (तदानुसार सेप्टेम्बर २२) कुवेतका राजकुमार शेख शवाह अल खालिद अल हमाद अल मुबारक अल सवाहसँग, असोज ८ गते (तदानुसार सेप्टेम्बर २४) समोआका प्रधानमन्त्री एफिओगा फियामी नाओमीसँग, असोज १० गते (तदानुसार सेप्टेम्बर २६) कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीसँग र लाओसका प्रधानमन्त्री सोनेक्षे सिफान्दोनसँग तथा असोज १२ गते (तदानुसार सेप्टेम्बर २८) लग्जेम्वर्गका प्रधानमन्त्री लुक फ्रिडेनसँग भेट भयो । यसक्रममा मित्रवत सम्बन्ध तथा आपसी सहकार्यलाई थप सुदृढ गर्ने विषयमा कुराकानी भएको छ ।
असोज ८ गते (तदानुसार सेप्टेम्बर २४) फिनल्यान्डका राष्ट्रपति महामहिम अलेक्जेन्डर स्टबसँग शिष्टाचार भेट गरी द्विपक्षीय सम्बन्ध एवं बहुपक्षीय सहकार्यलाई थप सुदृढ गर्ने विषयमा छलफल भएको छ ।
असोज १० गते (तदानुसार सेप्टेम्बर २६) छिमेकी मित्र राष्ट्र जनवादी गणतन्त्र चीनका स्टेट काउन्सीलर एवं परराष्ट्र मन्त्री वाङ्ग यीले मसँग द्विपक्षीय भेट गर्नु भयो । सो भेटघाटको क्रममा नेपाल–चीन बीचको बहुआयामिक द्विपक्षीय सम्बन्ध र सहकार्यलाई थप सुदृढ एवं विस्तार गर्ने विषयमा कुराकानी भएको छ ।
असोज ७ गते (तदानुसार सेप्टेम्बर २३) अमेरिकी अन्तर्राष्ट्रिय वित्त निगमका उप–प्रमुख कार्यकारी अधिकृत निशा विश्वलसँग, असोज ८ गते (तदानुसार २४ सेप्टेम्बर) अमेरिकी अन्तर्राष्ट्रिय सहयोग निकायका प्रमुख सामन्था पावरसँग, असोज ९ गते (तदानुसार सेप्टेम्बर २५) मिलेनियम च्यालेन्ज कर्पोरेसनका प्रमुख कार्यकारी अधिकृत एलिश अलब्राइटसँग भेटघाट भएको छ । ती भेटघाटहरूमा नेपाल र अमेरिका बीच विकास सहयोग तथा परियोजनाको बारेमा कुराकानी भयो ।
असोज ०८ गते (तदानुसार सेप्टेम्बर २४) विश्वबैङ्क समुहका अध्यक्ष अजय बाङ्गासँग भेटघाट भयो। सो भेटमा विश्व बैङ्कसँगको विकास परियोजना, बजेट तथा प्राविधिक सहयोग अभिबृद्धि गर्ने विषयमा कुराकानी भयो ।
असोज ६ गते (तदानुसार सेप्टेम्बर २२) मानव अधिकार उच्चायुक्त भोल्कर टर्कसँग भेटघाट भयो। उक्त भेटमा नेपालको शान्ति प्रक्रियाको संक्रमणकालीन न्याय सम्बन्धी विषयमा भएको प्रगतिको बारेमा छलफल भयो ।
असोज ५ गते (तदानुसार सेप्टेम्बर २१) महासभाका दौरान भुपरिवेष्ठित मुलुक, अतिकम विकसित मुलुक एवं साना टापु मुलुकहरुका लागि संयुक्त राष्ट्रसंघीय कार्यालका उच्च प्रतिनिधि तथा उपमहासचिव श्री रबाब फतिमाले मसँग शिष्टाचार भेट गर्नु भयो । उहाँसँग नेपालसँगको सहकार्य तथा अतिकम विकसित मुलुकहरुको अध्यक्षको हैसियतमा नेपालले वहन गर्ने जिम्मेवारीको विषयमा छलफल भयो ।
असोज ७ गते (तदानुसार सेप्टेम्बर २३) न्यूयोर्कस्थित कोलम्बीया विश्वविद्यालय अन्तर्गतको ध्यचमि ीभबमभचक ँयचगm मा मैले नेपालको लोकतन्त्र र आर्थिक समृद्धिको यात्रा ल्भउबकि व्यगचलभथ तय म्झयअचबअथ बलम भ्अयलयmष्अ एचयकउभचष्तथ विषयमा सम्बोधन गरेको थिएँ । सम्बोधन पश्चात सहभागीहरुसँग अन्तरक्रिया समेत भएको थियो ।
त्यसैगरी, असोज ११ गते (तदानुसार सेप्टेम्बर २७) बोस्टनस्थित हार्वर्ड विश्वविद्यालयको केनेडी स्कुलमा मैले संक्रमणकालीन न्याय र जलवायु न्यायमा नेपालको दृष्टिकोण “ल्भउबकि एभचकउभअतष्खभः ँचयm त्चबलकष्तष्यलब िव्गकतष्अभ तय ऋष्mिबतभ व्गकतष्अभ” विषयमा सम्बोधन गरेँ। यहाँ पनि सम्बोधन पश्चात सहभागीहरुसँग अन्तरक्रिया समेत भएको थियो।
हाम्रो भ्रमण दलका सदस्य माननीय परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले अतिकम विकसित मुलुकहरूको मन्त्रिस्तरीय वैठकको अध्यक्षता गर्नु भयो । उहाँले विभिन्न बैठकहरु तथा साइडलाइन बैठकहरुमा प्रभावकारीरुपमा भाग लिनुका साथै विभिन्न मुलुकहरुका समकक्षीसँग द्विपक्षीय भेटवार्ता समेत गर्नु भयो।
संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग, न्यूयोर्क र न्यूयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको निरीक्षण गरी दुवै नियोगले गरिरहेका कार्यहरूबारे जानकारी लिंदै नेपाल र नेपालीको हितरक्षा गर्दै आ–आफ्नो कार्य क्षेत्रमा नियोगहरूले सक्रिय भूमिका निर्वाह गर्न निर्देशन गरेको छु ।
अन्त्यमा, संयुक्त राष्ट्रसंघको ७९औं महासभामा नेपालको सहभागिता तथा नेपालको चासो रहेका विषयहरूसँग सम्बन्धित सूचना निरन्तर रूपमा सम्प्रेषित गर्नुहुने सबै सञ्चार माध्यमहरूलाई धन्यवाद ज्ञापन गर्दछु ।
प्रकाशित मिति २०८१ असोज १४ गते सोमबार ०६:०१




