२०८३ साउन २१ गते बिहीबार

नदीपुर भलिबलमा पुरुषतर्फ गलकोट, महिलातर्फ धादिङ च्याम्पियन

नदीपुर भलिबलमा पुरुषतर्फ गलकोट, महिलातर्फ धादिङ च्याम्पियन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असोज १५ गते मंगलबार ०७:५१

पोखराको नदीपुरमा भएको ८औं संस्करणको क्लव स्तरीय भलिबल प्रतियोगिताकोे उपाधि गलकोट स्पोर्टस क्लव र धादिङ स्पोट्स क्लवले जितेका छन् ।

पोखरा ।

पोखराको नदीपुरमा भएको ८औं संस्करणको क्लव स्तरीय भलिबल प्रतियोगिताकोे उपाधि गलकोट स्पोर्टस क्लव र धादिङ स्पोट्स क्लवले जितेका छन् ।

पोखरा भलिबल प्रशिक्षण केन्द्र र ए फोर ग्राफिक डिजाइन एण्ड प्रिन्टिङ प्रेसको संयुक्त आयोजनामा भएको उक्त प्रतियोगिताको पुरुष गलकोट र महिलातर्फ धादिङले उपाधि जितेका हुन् ।

पुरुषतर्फ एपिएफ पोखरालाई ३–० को सोझो सेटमा पराजित गर्दै गलकोटले उपाधि जित्न सफल भयो । गलकोटले एपिएफलाई २५– १९, २५–२० र २५–२२ ले पराजित ग¥यो । गलकोटले उपाधिसँगै एक लाख ३० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त पायो । उपविजेतामा बनेको एपिएफ पोखरा ८० हजारमा चित्त बुझाउनुप¥यो । विधागततर्फ उत्कृष्ट सेटर सुजन चोखाल, डिफेन्डर विक्रम भुजेल, स्पाइकर सुरेन्द्र केसी, ब्लकर इन्दु विक, उदयमान सरोज वर्देवा, प्रशिक्षक सुरेन्द्र केसी बन्दा सन्तोष विक सर्वाेत्कृष्ट खेलाडी बन्न सफल भए ।

महिला तर्फ नदिपुर पोखरालाई ३–१ ले पराजित गर्दै धादिङ स्पोट्सले उपाधि हात पा¥यो । पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको धादिङले दोस्रो २६–२८ ले नदिपुरलाई सुम्पिएको थियो । तेस्रो सेट २५–२० र चौथो सेट २५–२१ ले पुनरागमन गर्दै धादिङले उपाधि रक्षा ग¥यो । उपाधिसँगै धादिङले नगद ५० प्राप्त ग¥यो । फाइलनमा पराजित भएको नदिपुरले ३५ हजारमा चित्त बुझायो ।

विधागतर्फ उत्कृष्ट सेटर पूर्णकला खत्री, स्पाइकर पुनम सुनारी, ब्लकर अनिशा रोकामगर, डिफेन्टर सलिना गुरुङ, उदयमान जमुना गुरुङ, प्रशिक्षक विरु लामा बन्दा निरुता शाही ठकुरी सर्वोत्कृष्ट खेलाडी बनिन् ।

प्रकाशित मिति २०८१ असोज १५ गते मंगलबार ०७:५१

हजुरको प्रतिक्रिया