२०८३ साउन २१ गते बिहीबार

पर्यटकीय गाउँ घान्द्रुकमा सिनेमा संवाद हुने

पर्यटकीय गाउँ घान्द्रुकमा सिनेमा संवाद हुने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ माघ १२ गते सोमबार १२:३९

पोखरा । चलचित्र पत्रकार संघ कास्कीले पर्यटकीय गाउँ घान्द्रुकमा सिनेमा संवाद गर्ने भएको छ । “सिनेमा संवाद @ घान्द्रुक” नाम दिएको संवाद कार्यक्रम माघ १२ र १३ गरि २ दिन चल्न चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष अरुण गिरीले जानकारी...

स‌ंवादका लागि साहित्यकार र कलाकारको जमघट घान्द्रुकमा

पोखरा । चलचित्र पत्रकार संघ कास्कीले पर्यटकीय गाउँ घान्द्रुकमा सिनेमा संवाद गर्ने भएको छ । “सिनेमा संवाद @ घान्द्रुक” नाम दिएको संवाद कार्यक्रम माघ १२ र १३ गरि २ दिन चल्न चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष अरुण गिरीले जानकारी दिएका छन् ।

लामो समयको बन्दाबन्दी पश्चात माघ १ गतेबाट खुलेको पर्यटकीय गाउँ घान्द्रुकको प्रचारप्रसार र चलचित्र क्षेत्रको गतिविधि बढाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जनाए । उनका अनुसार कार्यक्रममा “सिनेमा टुरिजम : सम्बन्ध र सम्भावना” र “सिनेमा साहित्य : सम्बन्ध र साझेदारी” विषयमा बहस गरिनेछ ।

कार्यक्रममा कलाकार तथा क्याप्टेन विजय लामा, कलाकार तथा चलचित्र निर्माता दीपकराज गिरी, चलचित्र निर्देशक सुदर्शन थापा, साहित्यकार गनेस पौडेल, साहित्यकार, भूषिता वशिष्ठ र पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी भट्टराईले आफ्ना विचार राख्नेछन् ।

सहजकर्ताको भूमिकामा चर्चित संचारकर्मी, निर्देशक तथा कलाकार दिनेश डिसी र पत्रकार वाशु मिश्र रहने जानकारी गराइएको छ ।

गिरीले “सिनेमा टुरिजम :सम्बन्ध र सम्भावना” विषयमा वक्ताहरु चलचित्र कलाकार तथा क्याप्टेन विजय लामा, निर्देशक सुदर्शन थापा र पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी भट्टराईले बहस गर्ने बताए । जसमा सहजकर्ताको भूमिकामा पोखरामा रहेर लामो समयदेखि पत्रकारिता गर्दै आएका वाशु मिश्र रहनेछन् । सो सेसनमा चलचित्र र पर्यटनको अहिलेसम्मको सम्बन्ध र भविष्यको सम्भावनाको बारेमा बहस हुनेछ ।

यस्तै, “सिनेमा साहित्य : सम्बन्ध र साझेदारी” विषयमा वक्ताहरु कलाकार दीपकराज गिरी, साहित्यकार गनेस पौडेल र साहित्यकार तथा कवि भूषिता वशिष्ठ रहने जानकारी गराइएको छ । जसमा सहजकर्ताको भूमिकामा चर्चित संचारकर्मी, कलाकार तथा निर्देशक दिनेश डिसी रहनेछन् ।

कार्यक्रमलाई सफल पार्न प्रोमोटेडको रुपमा गण्डकी प्रदेश सरकार, अन्नपूर्ण गाउँपालिका, नेपाल पर्यटन बोर्डले साथ दिएको छ ।

प्रकाशित मिति २०७७ माघ १२ गते सोमबार १२:३९
हजुरको प्रतिक्रिया