२०८३ साउन २१ गते बिहीबार

मदन भण्डारी स्पोट्स एकेडेमी गण्डकीको अध्यक्षमा गिरमान गुरुङ

मदन भण्डारी स्पोट्स एकेडेमी गण्डकीको अध्यक्षमा गिरमान गुरुङ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असोज १८ गते शुक्रबार ०७:२८

मदन भण्डारी स्पोटर््स एकेडेमी गण्डकी प्रदेशको अध्यक्षमा गिरमान गुरुङ चयन भएका छन् ।

पोखरा
मदन भण्डारी स्पोटर््स एकेडेमी गण्डकी प्रदेशको अध्यक्षमा गिरमान गुरुङ चयन भएका छन् ।

एकेडेमिको पोखरा रंगशालामा शुक्रबार भएको प्रथम अधिवेशनबाट गिरमानको नेतृत्वमा ६५ सदस्यीय नयाँ कार्यसमिति गठन भएको हो ।

समितिको उपाध्यक्षमा सुजन आचार्य, सविचमा दीपक आचार्य, कोषाध्यक्षमा सूर्यमोहन आचार्य र सहसचिवमा जीवन उचाई चयन भएका हुन् । अधिवेशनबाट १५ विभागीय प्रमुखसमेत चयन गरिएको छ ।

एकेडेमीका केन्द्रीय अध्यक्ष ध्रुव आचार्यको प्रमुख आतिथ्यता तथा सल्लाहकार मोहन रेग्मीको विशेष आतिथ्यतामा अधिवेशन गरिएको हो । कार्यक्रममा केन्द्रीय अध्यक्ष आचार्यले नेपाली खेलकुदको जगलाई बलियो बनाउन खेल नीति आवश्यक रहेको बताए । उनले नेपाली खेलकुदको विकासमा मदन भण्डारीले प्रतिपादित गरेको विचार महत्वपूर्ण रहेको बताए ।

एकेडेमीका सल्लाहकार मोहन रेग्मीले जननेता मदन भण्डारीका विचारलाई खेलकुद क्षेत्रमा प्रभावकारी रुपमा अघि बढाउनु पर्ने उल्लेख गरे । साझा नेतृत्व र रच्नात्मक कृयाशिलताले नै खेलकुद विकासमा महत्वपूर्ण हुने रेग्मीले बताएका छन् ।

प्रकाशित मिति २०८१ असोज १८ गते शुक्रबार ०७:२८

हजुरको प्रतिक्रिया