२०८३ असोज २३ गते शुक्रबार

काँग्रेसद्वारा थप आन्दोलनको घोषणा

काँग्रेसद्वारा थप आन्दोलनको घोषणा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ माघ १३ गते मंगलबार ०८:०३

पाेखरा । प्रतिनिधिसभा विघटनपछिकाे बाटाे निर्वाचन कि आन्दोलन भन्ने कुराकाे टुङ्गाे लगाउन नसकेकाे भन्ने आराेप खेपिरहेकाे कांग्रेसले थप आन्दाेलनका कार्यक्रम घाेषणा गरेकाे छ । दुवै बाटाेकाे विकल्पमाथि भित्रभित्रै छलफल चलाएकाे...

प्रधानमन्त्री थप अप्ठ्याराेमा

पाेखरा । प्रतिनिधिसभा विघटनपछिकाे बाटाे निर्वाचन कि आन्दोलन भन्ने कुराकाे टुङ्गाे लगाउन नसकेकाे भन्ने आराेप खेपिरहेकाे कांग्रेसले थप आन्दाेलनका कार्यक्रम घाेषणा गरेकाे छ ।

दुवै बाटाेकाे विकल्पमाथि भित्रभित्रै छलफल चलाएकाे कांग्रेसले घाेषणा गरेकाे आन्दाेलनका थप कार्यक्रमका कारण तत्कालका लागि उसले पनि प्रधानमन्त्रीकाे कदमलाइ साथ नदिने देखिएकाे छ ।

मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा भंग गर्ने निर्णयविरुद्ध थप आन्दोलनको कार्यक्रम घोषणा गरिएको हो । घोषित कार्यक्रमअनुसार काँग्रेसले माघ १९ गते भ्रातृ संस्था, २४ गते शुभेच्छुक र ३० गते जिल्लास्तरीय विरोध कार्यक्रमको प्रस्ताव गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

बैठकअघि बसेको पदाधिकारी बैठकले उक्त प्रस्ताव तयार पारेको थियो भने सोही प्रस्ताव केन्द्रीय समिति बैठकले अनुमोदन गरेको हो । यस्तै पदाधिकारी बैठकअघि सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच छुट्टाछुट्टै छलफल समेत भएको थियो ।

यसअघि काँग्रेसले ओलीको कदमविरुद्ध पुस १३ गते प्रतिनिधि निर्वाचन क्षेत्र, पुस २५ मा प्रदेश निर्वाचन क्षेत्र, माघ ३ गते पालिका स्तरीय र माघ ८ गते वडा स्तरीय विरोध प्रदर्शन सम्पन्न गरिसकेको छ ।

प्रकाशित मिति २०७७ माघ १३ गते मंगलबार ०८:०३
हजुरको प्रतिक्रिया