२०८३ साउन २१ गते बिहीबार

एभरेस्ट महिला भलिबल लिग : उपाधिका लागि कर्णाली र ललितपुर खेल्दै

एभरेस्ट महिला भलिबल लिग : उपाधिका लागि कर्णाली र ललितपुर खेल्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असोज १९ गते शनिबार ०९:४०

गएराति भएको लिगको अन्तिम खेलमा कर्णालीले काठमाण्डौ स्पाइकर्सलाई ३–१ ले पराजित गरेपछि फाइनल समिकरण बनेको हो । कर्णाली यसअघि नै फाइनलमा पुगिसकेको थियो ।

पोखरा ।

एभरेस्ट महिला भलिबल लिगको उपाधिका लागि आज कर्णाली र ललितपुरले खेल्ने भएका छन् ।

कर्णाली र ललितपुरबीचको फाइनल खेल आज बेलुका साढे ५ बजे दशरथ रंगशालाको कभर्ड हलमा हुनेछ ।

लिगमा कर्णाली यश्विज अपराजित रहँदा ललितपुर क्विन्स पनि फाइनलमा पुग्यो ।

गएराति भएको लिगको अन्तिम खेलमा कर्णालीले काठमाण्डौ स्पाइकर्सलाई ३–१ ले पराजित गरेपछि फाइनल समिकरण बनेको हो । कर्णाली यसअघि नै फाइनलमा पुगिसकेको थियो ।

ललितपुरले हिजो भएको खेलमा चितवन शक्तिलाई हराउँदै दोस्रो स्थानमा पुगेको थियो ।

कर्णालीको ५ खेलमा १३ अंक तथा दोस्रो स्थानमा रहेको ललितपुरको समान ५ खेलमा १० अंक रह्यो । काठमाण्डौ भने ९ अंक सहित तेस्रो स्थानमा रहँदा फाइनल खेल्न पाएन ।

यो खेलमा कर्णाली अपराजित यात्रालाई निरन्तरता दिँदै उपाधि चुम्ने लक्ष्यमा हुँदा ललितपुर क्विन्स भने अघिल्लो हारको बदला लिने लक्ष्यमा हुनेछ ।

नेपालको पहिलो फ्रेन्चाइज भलिबल प्रतियोगितामा सहभागी ६ टोलीमध्ये काठमाडौं तेस्रो स्थानमा रहेर प्रतियोगिताबाट बाहिरियो भने चितवन शक्ति र गण्डकी चौथो र पाँचौ स्थानमा रहे ।

सबै खेलमा पराजित भएको मधेश युनाइटेड भने अंकविहीन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रकाशित मिति २०८१ असोज १९ गते शनिबार ०९:४०
हजुरको प्रतिक्रिया