२०८३ साउन २१ गते बिहीबार

साफ महिला च्याम्पियनशिपका लागि २७ सदस्यीय नेपाली टोली घोषणा

साफ महिला च्याम्पियनशिपका लागि २७ सदस्यीय नेपाली टोली घोषणा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असोज २१ गते सोमबार १०:०२

सातौ संस्करणको साफ महिला च्याम्पियनसिप दशरथ रंगशालामा कार्तिक १ देखि १४ गतेसम्म आयोजना हुने छ । सहभागी ७ टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।

पोखरा ।

साफ महिला च्याम्पियनसिपका लागि २७ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ ।

घरेलु मैदानमा आयोजना गरिने खेलका लागि ४० खेलाडीसहित प्रारम्भिक चरणको अभ्यास थालेका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले १३ खेलाडीलाई बाहिर पठाएर २७ सदस्यीय टोली घोषणा गरेका हुन् ।

टिममा गोलकिपरको रुपमा अन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ र सुशीला चौधरी रहेका छन् । डिफेन्डरहरुमा गीता राणा, अमृता जैसी, समीक्षा घिमिरे, निशा थोकर र पूजा राना छन् ।

यस्तै विमला विक, हिरा कुमारी भुजेल, प्रतिक चौधरी र सजनी थोकरलाई पनि डिफेन्डरकै रुपमा टिममा सामेल गरिएको छ । मिडफिल्डरमा रेणुका नरकोटी, प्रीति राई, सरु लिम्बु, दीपा शाही, सविता राना मगर, अनिता बस्नेत, अमिषा कार्की, विमला चौधरी र सरस्वती हमाल रहेका छन् ।

फरवार्डमा रश्मीकुमारी घिसिङ, अनिता केसी, चन्द्रा भण्डारी, रेखा पौडेल र सावित्रा भण्डारीलाई सामेल गरिएको छ ।

सातौ संस्करणको साफ महिला च्याम्पियनसिप दशरथ रंगशालामा कार्तिक १ देखि १४ गतेसम्म आयोजना हुने छ ।

सहभागी ७ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । साविक विजेता बंगलादेशसहित भारत र पाकिस्तान समूह ए मा छन् । समूह बीमा नेपालसँगै भुटान, श्रीलंका र माल्दिभ्स छन् ।

प्रतियोगिताको उद्घाटन खेलमा भारत र पाकिस्तान प्रतिस्पर्धा गर्ने छन् भने नेपालले आफ्नो पहिलो खेलमा कार्तिक २ गते भुटानसँग खेल्नेछ ।

दोस्रो खेलमा ६ गते माल्दिभ्स र समूहको तेस्रो खेलमा कार्तिक ८ गते श्रीलंकासँग खेल्नेछ । दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । फाइनल खेल कार्तिक १४ गते हुनेछ ।

 

प्रकाशित मिति २०८१ असोज २१ गते सोमबार १०:०२
हजुरको प्रतिक्रिया