२०८३ साउन २१ गते बिहीबार

कास्कीमा लागु औषध नियन्त्रणसम्बन्धी अन्तरक्रिया

कास्कीमा लागु औषध नियन्त्रणसम्बन्धी अन्तरक्रिया

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असोज २१ गते सोमबार १०:१२

लागु औषध दुव्र्यसनरहित घरपरिवार स्वास्थ्य, समुन्नत समाज निर्माणको आधार भन्ने नाराका साथ अभियान संचालन गरिएको कस्कीका सहयाक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले बताए । सरोकारवाला सबैको सहयोगमा लागु औषध न्यनुनिकरणका लागि काम गर्नुपर्ने लम्सालको भनाई थियो ।

सबैको सहयोगमा लागु औषध न्यनुनिकरणका लागि काम गर्नुपर्छ : शिव लम्साल

पोखरा ।

जिल्ला प्रसाशन कार्यालय कास्कीले लागु औषध नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ ।

प्रसाशनले विद्यालय, क्याम्पस, युवा क्लव र सरोकारवालासँग शिक्षा विकास तथा समन्वय इकाइ, कास्कीमा अन्तरक्रिया गरेको हो ।

प्रसाशनले तीन महिने लागु औषध नियन्त्रण सम्बन्धी कार्यक्रम संचालन गरिरहेको छ । सोही कार्यक्रम अन्तरगत अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

लागु औषध दुव्र्यसनरहित घरपरिवार स्वास्थ्य, समुन्नत समाज निर्माणको आधार भन्ने नाराका साथ अभियान संचालन गरिएको कस्कीका सहयाक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले बताए ।

सरोकारवाला सबैको सहयोगमा लागु औषध न्यनुनिकरणका लागि काम गर्नुपर्ने लम्सालको भनाई थियो ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई कास्की, कास्कीका पाचवटै पालिकाका शिक्षा साखाका प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, युवा क्लव र लागु औषध विरुद्ध काम गर्नेहरुको सहभागिता थियो ।

शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्यले विद्यालय आसपासमा सुर्तीजन्य पर्दाथ विक्रीमा रोक लागाउन आ–आफ्नो ठाउँबाट सबैको सहयोग आवश्यक रहेको बताए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापकहरुले विद्यालय व्यवस्थापन समिति, अभिभावक र सरोकारवालाहरुको सहयोग नपाएको, व्यवसायीबाट अवरोध लगायतका समस्या राखेका थिए ।

लागूऔधष नियन्त्रण ब्यूरो, पोखराका प्रहरी नायब निरिक्षक विद्याधर त्रिपाठीले ८० प्रतिशत लागु औषध प्रयोगकर्ता गाँजाको सेवानबाट फस्ने गरेको जानकारी दिए ।

उनले आर्थिक, सामाजिक क्षति मात्र नभइ अपराधिक घटनामा समेत लागु औषध प्रयोग कर्ताको संलग्नता देखिएको त्रिपाठीले बताए ।

 

प्रकाशित मिति २०८१ असोज २१ गते सोमबार १०:१२
हजुरको प्रतिक्रिया