२०८३ साउन २१ गते बिहीबार

काभा यू–२० पुरुष भलिबल : नेपाल उज्बेकिस्तानसँग पराजित

काभा यू–२० पुरुष भलिबल : नेपाल उज्बेकिस्तानसँग पराजित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असोज २२ गते मंगलबार ०९:०२

अब नेपालले तेस्रो खेलमा आज माल्दिभ्ससँग खेल्दै छ । नेपाल र माल्दिभ्सबीचको खेल दिउँसो २ बजेबाट सुरु हुने छ ।

अब नेपालले तेस्रो खेलमा आज माल्दिभ्ससँग खेल्दै

पोखरा ।

काभा यू–२० पुरुष भलिबल च्याम्पियनशिपमा नेपाल उज्बेकिस्तानसँग पराजित भएको छ ।

कोलम्बोको सुगाथा दासा रंगशालामा हिजो भएको खेलमा नेपाल उज्बेकिस्तानसँग ३–१ को सेटमा पराजित भयो । उज्बेकिस्तानले पहिलो सेट २५–१९, दोस्रो सेट २५–१४ र चौथो सेट २५–१५ ले जित्यो ।

नेपालले तेस्रो सेट २९–२७ ले जित्यो । नेपालले पहिलो खेलमा आइतबार आयोजक श्रीलंकालाई हराएको थियो ।

आउँदो शनिबारसम्म चल्ने प्रतियोगितामा नेपालसहित आयोजक श्रीलंका, माल्दिभ्स, किर्गिस्तान, उज्वेकिस्तान र तुर्कमेनिस्तान गरी ६ वटा क्षेत्रीय टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

अब नेपालले तेस्रो खेलमा आज माल्दिभ्ससँग खेल्दै छ । नेपाल र माल्दिभ्सबीचको खेल दिउँसो २ बजेबाट सुरु हुने छ ।

त्यस्तै नेपालले चौथो खेलमा असोज २४ गते किर्गिस्तानसँग र पाँचौं खेलमा असोज २५ गते तुर्किमिनिस्तानसँग खेल्ने तालिका छ ।

प्रतियोगिताको शीर्ष दुईमा रहने टोलीबीच असोज २६ गते फाइनल हुनेछ ।

प्रकाशित मिति २०८१ असोज २२ गते मंगलबार ०९:०२
हजुरको प्रतिक्रिया