२०८३ साउन २१ गते बिहीबार

म्याग्दी हुलाकबाट किचनदेखि व्यक्तिगत प्रयोजनका सामान पार्सल

म्याग्दी हुलाकबाट किचनदेखि व्यक्तिगत प्रयोजनका सामान पार्सल

हरिकृष्ण गौतम

@Public 4K Tv

२०८१ असोज २२ गते मंगलबार ११:५३

जिल्ला हुलाक कार्यालयबाट दैनिकजसो चिठीपत्र सहित नेपाल सरकारले गैरकानुनी घोषित नगरेका बस्तुहरू आदानप्रदान हुने गरेको कार्यालय प्रमुख रमेश अधिकारीले बताए ।

म्याग्दी ।

जिल्ला हुलाक कार्यालय म्याग्दीबाट अब चिठीपत्र मात्रै नभई मालसामान पनि पठाउन थालिएको छ ।

म्याग्दीमा हुलाक कार्याललयको स्थापना पछि एक ठाउँको खबर अर्को ठाउँमा पु–याउने भरपर्दो माध्यमको रुपमा रहेको हुलाकसेवा अहिले घरको किचनमा पाक्ने परिकारदेखि ब्यक्तिगत प्रयोजनका लागि आवश्यक पर्ने साम्रागी ढुवानी गर्ने माध्यम बनेको छ ।

जिल्ला हुलाक कार्यालयबाट दैनिकजसो चिठीपत्र सहित नेपाल सरकारले गैरकानुनी घोषित नगरेका बस्तुहरू आदानप्रदान हुने गरेको कार्यालय प्रमुख रमेश अधिकारीले बताए ।

व्यक्तिगत चिठी बाहेक सरकारी चिठ्ठीपत्र, अदालती कागजपत्र तथा विदेश जाने युवाहरुको कागजपत्रहरुको ओसार–पसार बाहेक अन्य सेवा विस्तार भएपछि सेवाग्राहीको आर्कषण बढेको प्रमुख अधिकारीको भनाई छ ।

गत बर्ष म्याग्दीबाट चिठीपत्र सहित पार्सल गरी २५ हजार सेवाग्राहीले सेवा लिएका थिए । जिल्ला हुलाक कार्यालयले छिमेकी बागलुङ, उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका र पश्चिम म्याग्दीको ताकमसम्म सवारीसाधनकै प्रयोग गरी सेवा दिने गरेको छ ।

हाल म्याग्दीमा अतिरिक्त हुलाक २९ वटा छन् भने हुलाकी १ र हल्कारा २६ जना कार्यरत छन् ।

प्रकाशित मिति २०८१ असोज २२ गते मंगलबार ११:५३
हजुरको प्रतिक्रिया