२०८३ साउन २१ गते बिहीबार

सिपिएलकाे उपाधी ट्रिनबागो नाइट राइडर्सले जित्याे

सिपिएलकाे उपाधी ट्रिनबागो नाइट राइडर्सले जित्याे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ भदौ २५ गते बिहीबार ०६:११

क्यारेबियन  प्रिमियर लिगकाे उपाधी ट्रिनबागो नाइट राइडर्सले जितेकाे छ । ब्रायन लारा क्रिकेट स्टेडियममा सम्पन्न फाइनलमा एसटि लुसिया जाेउक्सका विरूद्दमा ट्रिनबागो नाइट राइडर्सले ८ विकेटकाे जित निकाल्दै लिगकाे उपाधी सुरक्षित...

क्यारेबियन  प्रिमियर लिगकाे उपाधी ट्रिनबागो नाइट राइडर्सले जितेकाे छ । ब्रायन लारा क्रिकेट स्टेडियममा सम्पन्न फाइनलमा एसटि लुसिया जाेउक्सका विरूद्दमा ट्रिनबागो नाइट राइडर्सले ८ विकेटकाे जित निकाल्दै लिगकाे उपाधी सुरक्षित गरेकाे हाे ।

टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे एसटी लुसिया जाेउक्सले १९.१ ओभर खेल्दै ट्रिनबागो नाइट राइडर्ससमक्ष १५४ रनकाे लक्ष्य सुम्पेकाे थियाे । एसटी लुसिया जाेउक्सका लागि आन्द्रे फ्लेचरले सर्वाधिक ३९ रन जाेडे भने मार्क डेयलले २९, नजिवुल्लाहले २४ तथा राेस्टन चेजले २२ रन जाेडे । अन्य कुनैपनि ब्याट्सम्यानले दाेहाेराे अंक जाेडन नसक्दा एसटी लुसिया जाेउक्स १५४ रनमा समेटियाे ।
ट्रिनबागो नाइट राइडर्सका लागि कप्तान किरन पोलार्डले सर्वाधिक ४ विकेट लिए । अलि खान तथा फवाद एहमदले समान २-२ विकेट हात पारे ।

लेन्डल सिमोन्सकाे विस्फाेटक ब्याटिङकाे मद्दतमा ट्रिनबागो नाइट राइडर्स याे उपाधी हात पार्न सफल रहयाे । सिमाेन्सले ४९ बल खेलेर ८४ रनकाे नटआउट पारि खेले । जसमा उनकाे ८ चाैका र ४ छक्का समावेस थियाे । सिमाेन्सलाइ ड्यारेन ब्राभाेले साथ दिए । ब्राभाेले ४७ बल खेल्दै ५८ रन जाेडेपछि ट्रिनबागो नाइट राइडर्सलाइ १८.१ ओभरमै सहज जित उपलब्ध रहयाे ।

प्रकाशित मिति २०७७ भदौ २५ गते बिहीबार ०६:११
हजुरको प्रतिक्रिया