२०८३ साउन २१ गते बिहीबार

साफ महिला च्याम्पियनसिप : नेपालले आज भुटानसँग खेल्दै

साफ महिला च्याम्पियनसिप : नेपालले आज भुटानसँग खेल्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ कात्तिक २ गते शुक्रबार ०९:२६

खेल दशरथ रंगशालामा साँझ साढे ५ बजेबाट सुरु हुनेछ । घरेलु मैदानमा नेपाल जितसहित प्रतियोगिताको सुरुवात गर्ने लक्ष्यमा छ ।

पोखरा ।

साफ महिला च्याम्पियनसिप २०२४ को आफ्नो पहिलो खेलमा नेपालले आज भुटानसँग खेल्दैछ ।

खेल दशरथ रंगशालामा साँझ साढे ५ बजेबाट सुरु हुनेछ । घरेलु मैदानमा नेपाल जितसहित प्रतियोगिताको सुरुवात गर्ने लक्ष्यमा छ ।

यस प्रतियोगिताका लागि नेपाली टोलीले ३ साता अभ्यास गरेको थियो । घरेलु मैदानमा राजेन्द्र तामाङको टोली च्याम्पियन बन्ने लक्ष्यमा हुने छ ।

पछिल्ला ६ मध्ये पाँच संस्करणको उपविजेता नेपालले च्याम्यिनसिप भने जित्न सकेको छैन । प्रतियोगितामा सबैभन्दा कमजोर प्रदर्शन गर्दै आएको भुटानले गत संस्करण पहिलो जित हात पार्दै सेमिफाइनलसम्म पुगेको थियो ।

आजको खेल स्टार फरवार्ड सावित्रा भण्डारीले गुमाउने भएकी छिन् ।

आजै हुने पहिलो खेलमा श्रीलंका र माल्दिभ्सले प्रतिस्पर्धा गर्ने छन् । यो खेल दिउँसो साढे १ बजे सुरु हुने छ ।

हिजो भएको उद्घाटन खेलमा भारतले पाकिस्तानलाई ५–२ गोल पराजित गरेको थियो ।

 

प्रकाशित मिति २०८१ कात्तिक २ गते शुक्रबार ०९:२६
हजुरको प्रतिक्रिया