पोखरा ।
टी–२० आई सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई १७ रनले हराएको छ ।
आज बिहान भएको खेलमा कप्तान रोहित पौडेलको ४९ रन र बलरको कसिलो बलिङमा अमेरिकालाई १७ रनले हराएको छ ।
१६५ रनको विजयी लक्षसहित मैदानमा उत्रिएको घरेलु टोली अमेरिकाले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १४७ रन मात्र बनाउन सक्यो ।
अमेरिकाका लागि श्याम जाहंगिरले नटआउट ६० रन बनाए पनि पर्याप्त भएन । अमेरिकाका एन्ड्रिज गौरले ३० रन बनाए । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए ।
त्यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउँदै १ सय ६४ रन बनाएको थियो ।
नेपालका लागि कप्तान रोहित कुमार पौडेलले ४९ रन बनाए । साथै दिपेन्द्र सिहं एरीले २८ रन बनाउँदा आसिफ सेख र अनिल शाहले समान २७–२७ रन बनाए । गुल्शन झाले ११ रन बनाउदा कुशल भर्तेल १० रनमा आउट भए ।
यसैगरि सोमपाल कामीले २ रन मात्र बनाउन सके ।
आजको जीतसँगै नेपालले तीन खेलको टी–२० शृंखलामा १–० को अग्रता बनाएको छ । अब नेपाल र अमेरिकाबीचको दोस्रो टी–२० खेल आउँदो आइतबार र तेस्रो तथा अन्तिम खेल सोमबार हुनेछ ।
यो सिरिजपछि नेपाल, अमेरिका र स्कटल्यान्डबीच लिग–टू का खेल हुनेछन् ।
लिग–टू सिरिज २५ अक्टोबरदेखि डालास मै सुरु हुनेछ । रोहित पौडेलको टोली क्यानडामा लिग टू र टी–२० आई सिरिज खेलेर त्यहीँबाट अमेरिका गएको हो ।
प्रकाशित मिति २०८१ कात्तिक २ गते शुक्रबार ०९:५१




