२०८३ असोज २५ गते आइतबार

रास्वपाले भोलि पनि पोखरामा प्रदर्शन गर्ने

रास्वपाले भोलि पनि पोखरामा प्रदर्शन गर्ने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ कात्तिक ३ गते शनिबार ०८:१५

सभापति रवि लामिछानेको पक्राउविरुद्ध प्रदर्शन गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आइतबार पनि जारी राख्ने भएको छ ।

पोखरा
सभापति रवि लामिछानेको पक्राउविरुद्ध प्रदर्शन गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आइतबार पनि जारी राख्ने भएको छ ।

रास्वपाले शनिबार पोखरा चिप्लेढुंगा र काठमाडौं माइतिघर मण्डलासहित विभिन्न ठाउँमा प्रदर्शन गरेको थियो । आइतबार पनि जिल्ला प्रशासन कार्यालय कास्की अगाडि दिउँसो साढे १२ बजे प्रदर्शन गर्ने रास्वपाले जनाएको छ ।

रवि पक्राउ परेसँगै रास्वपा उपसभापतिद्वय डा. स्वर्णिम वाग्ले, डिपि अर्याल, कार्यवाहक प्रवक्ता मनिष झा, सहमहामन्त्री रमेश प्रसाईं लगायतका थुप्रै नेता पोखरामा छन् ।

शुक्रबार रास्वपाको पार्टी कार्यालय वनस्थलीबाट पक्राउ परेका रविलाई शनिबार बिहान पोखरा ल्याइएको थियो । रविलाई आइतबार बिहान अदालतमा उपस्थित गराउने प्रहरीको तयारी छ ।

प्रकाशित मिति २०८१ कात्तिक ३ गते शनिबार ०८:१५
हजुरको प्रतिक्रिया