२०८३ साउन २१ गते बिहीबार

अमेरिकासंगको टी–२० आई सिरिजमा नेपालको क्लिन स्विप

अमेरिकासंगको टी–२० आई सिरिजमा नेपालको क्लिन स्विप

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ कात्तिक ५ गते सोमबार ०९:१८

नेपालले अमेरिकालाई उसकै मैदानमा तीन खेलको सिरिजमा क्लिन स्विप गरेको हो । सिरिजको पहिलो खेल १७ रनले जितेको नेपालले आइतबार बिहान भएको दोस्रो खेल सुपर ओभरमा जितेको थियो । तेस्रो खेलमा आज नेपाल ८ विकेटले विजयी भयो ।

पोखरा ।

अमेरिकासँगको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा नेपालले क्लिन स्वीप गरेको छ ।

नेपालले अमेरिकालाई उसकै मैदानमा तीन खेलको सिरिजमा क्लिन स्विप गरेको हो । सिरिजको पहिलो खेल १७ रनले जितेको नेपालले आइतबार बिहान भएको दोस्रो खेल सुपर ओभरमा जितेको थियो ।

तेस्रो खेलमा आज नेपाल ८ विकेटले विजयी भयो । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी स्टेडियममा अमेरिकाले टस जितेर ब्याटिङ रोजेको थियो ।

अमेरिकाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ५६ रन जोडेको थियो । घरेलु टोलीका ओपनर साइटेजा मुकामल्लले सर्वाधिक ६८ रन बनाएका थिए ।

मिलिन्द कुमारले ४३ रनको योगदान गरे । नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए भने रिजन ढकाल र ललित राजवंशीले समान १–१ विकेट लिए ।

एकसय ५७ रनको लक्ष्यसहित मैदानमा उत्रिएको नेपालले १६ दशमलव ४ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा ग¥यो ।

नेपालका लागि आशिफ शेखले अर्थशतक पूरा गरे । शेखले ३८ बल ५० रन पुरा गरेका हुन् । अनिल शाह १३ रन बनाएर आउट भए । कुशल भुर्तेल ४० रनमा नटआउट हुँदा कुशल मल्ल ४४ रन बनाएर क्रिजमा रहे ।

दोस्रो खेलमा भुर्तेलले ९२ रन बनाएका थिए । उनले सात महिना पछि टी–२० क्रिकेटमा अर्धशतक प्रहार गरेका हुन् ।

अब कात्तिक ९ गतेदेखि डालासमा नै नेपालले अमेरिका र स्कटल्यान्डसँग लिग–टू सिरिज खेल्ने तालिका छ ।

घरेलु टोली अमेरिका, नेपाल र स्कटल्यान्डबीच आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखला हुने छ ।

 

प्रकाशित मिति २०८१ कात्तिक ५ गते सोमबार ०९:१८
हजुरको प्रतिक्रिया