२०८३ असोज २५ गते आइतबार

साफ महिला च्याम्पियनसिप : नेपालले आज माल्दिभ्ससँग खेल्दै

साफ महिला च्याम्पियनसिप : नेपालले आज माल्दिभ्ससँग खेल्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ कात्तिक ५ गते सोमबार १०:०२

नेपालले पहिलो खेलमा भुटानसँग गोलरहित बराबरीमा रोकिँदा माल्दिभ्स श्रीलंकासँग १–० ले पराजित भएको छ । समूहमा नेपालको १ अंक छ भने माल्दिभ्स अंकविहीन छ ।

पोखरा ।

साफ महिला च्याम्पियनसिप २०२४ मा नेपालले आज आफ्नो दोस्रो खेलमा माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुनेछ । समूह बि मा रहेका दुबै टोलीले आ–आफ्ना एक–एक खेल खेलिसकेका छन् ।

नेपालले पहिलो खेलमा भुटानसँग गोलरहित बराबरीमा रोकिँदा माल्दिभ्स श्रीलंकासँग १–० ले पराजित भएको छ ।

समूहमा नेपालको १ अंक छ भने माल्दिभ्स अंकविहीन छ । यो खेल सेमिफाइनल पुग्नका लागि निकै महत्वपूर्ण छ ।

त्यस्तै यही समूह अन्तर्गत आज दिउँसो साढे १ बजे भुटान र श्रीलंकाबीच पनि प्रतिस्पर्धा हुँदैछ ।

भुटान ३ अंक सहित सेमिफाइनलमा बढ्ने लक्ष्यमा हुनेछ भने श्रीलंका पनि पहिलो खेलकै नतिजा बोकेर अगाडी बढ्ने योजनामा हुनेछ ।

बराबरीले दुबैलाई फाइदा हुनेछ । जसले गर्दा नेपाल र माल्दिभ्सको खेल तथा समूहचरणका अन्तिम खेल निर्णायक हुनेछन् ।

 

प्रकाशित मिति २०८१ कात्तिक ५ गते सोमबार १०:०२
हजुरको प्रतिक्रिया