२०८३ कात्तिक ११ गते मंगलबार

दलित महिला सशक्तिकरणका लागि एकदिने कार्यशाला गोष्ठी

दलित महिला सशक्तिकरणका लागि एकदिने कार्यशाला गोष्ठी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ कात्तिक ७ गते बुधबार ०८:१०

एफडल्लुएलडी, होमनेट, डल्लुएफडीएम, फेडो र एनएनविएनको संयुक्त आयोजनामा विभिन्न कारणले पिछडिएका र उत्पीडनमा परेका महिलालाई मुल धारमा ल्याउन लागि उक्त गोष्ठी गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे थिए । कार्यक्रममा मुख्यमन्त्री पाण्डेले अझै पनि महिला मूलधारमा आउन नसेकेको कुरा विडम्वना भएको बताए । उनले महिला सशक्तीकरणका लागि थुप्रै प्रसाय भइरहेको उल्लेख गरे । गण्डकी प्रदेशमा महिला समूहको विकास र प्रगतिका लागि नीतिगत तहमा काम भइरहेको मुख्यमन्त्री पाण्डेको भनाइ थियो ।

पोखरा ।

पोखरामा दलित महिलालाई सशक्तिकरणका लागि एकदिने कार्यशाला गोष्ठी गरिएको छ ।

एफडल्लुएलडी, होमनेट, डल्लुएफडीएम, फेडो र एनएनविएनको संयुक्त आयोजनामा विभिन्न कारणले पिछडिएका र उत्पीडनमा परेका महिलालाई मुल धारमा ल्याउन लागि उक्त गोष्ठी गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे थिए । कार्यक्रममा मुख्यमन्त्री पाण्डेले अझै पनि महिला मूलधारमा आउन नसेकेको कुरा विडम्वना भएको बताए । उनले महिला सशक्तीकरणका लागि थुप्रै प्रसाय भइरहेको उल्लेख गरे । गण्डकी प्रदेशमा महिला समूहको विकास र प्रगतिका लागि नीतिगत तहमा काम भइरहेको मुख्यमन्त्री पाण्डेको भनाइ थियो ।

कार्यक्रममा महिला अधिकारकर्मी प्राज्ञिक व्यक्ति चन्द्रा भद्रा र गण्डकी प्रदेशकी पे्रस रजिष्टार बिमला भण्डारीलाई सम्मानित गरिएको थियो । उनीहरुले दलित महिला नीतिगत तहमा पुग्न नसक्नुमा थुप्रै कारण भएको र समयमै त्यस्ता समस्यालाई समाधान गरि महिला र पुरुष बिच भएको लैंगिक विभेदको अन्त्य गर्नुपर्ने बताए ।

कार्यक्रममा बेजिङ पल्स ३० प्रतिवेदनका बारेका छलफल भएको थियो । शिक्षा, स्वास्थ्य, गरिबी, हिंसा, अर्थतन्त्र, मानव अधिकार, संस्थागत संरचना, निर्णायक तह, सञ्चार, वातावरण, बालिका लगाएतका १२ वटा परियोजनामा विमर्श भएको थियो । कार्यक्रममा महिला अधिकारकर्मी, विभिन्न संघसंस्थाका पधाधिकारी, अधिवक्ता, सञ्चारकर्मी, प्राध्यापक, विद्यार्थीको उपस्तिथि थियो । कार्यक्रमको संचालन ईश्वरी विकले गरेकी थिइन् ।

प्रकाशित मिति २०८१ कात्तिक ७ गते बुधबार ०८:१०
हजुरको प्रतिक्रिया