२०८३ साउन २१ गते बिहीबार

साफ महिला च्याम्पियनसिपमा आज नेपालले श्रीलंकासंग खेल्दै

साफ महिला च्याम्पियनसिपमा आज नेपालले श्रीलंकासंग खेल्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ कात्तिक ८ गते बिहीबार ०८:५१

यसअघि मंगलबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ११–० गोलले पराजित गरेको थियो । नेपाल समूह ‘बी’ को शीर्ष स्थानमा छ ।

 

पोखरा ।

साफ महिला फुटबल च्याम्पियनसिपमा नेपालले आज श्रीलंकासँग खेल्दैछ ।

समूह चरणको अन्तिम खेल त्रिपुरेश्वरको दशरथ रंगशालामा बेलुका साढे ५ बजे शुरु हुनेछ । यसअघि आजै दिउँसो साढे १ बजे माल्दिभ्स र भुटान पनि खेल्दैछन् ।

यसअघि मंगलबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ११–० गोलले पराजित गरेको थियो । नेपाल समूह ‘बी’ को शीर्ष स्थानमा छ ।

दुई खेलको समाप्तिमा नेपाल र भुटान दुवैको समान ४–४ अंक छ भने श्रीलंकाको ३ अंक छ।

यसैबीच, पाँच पटकको विजेता भारतलाई पराजित गर्दै बङ्गलादेश साफ महिला च्याम्पियनशिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

यता हिजो बेलुका भएको खेलमा भारतलाई ३–१ गोल अन्तरले हराएर बंगलादेश समूह एको शीर्षमा रहँदै सेमिफाइनलमा पुगेको हो ।

हिजोको खेलमा पराजित भए पनि भारत समूह उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको छ । पाकिस्तान भने समूह चरणबाटै बाहिरिएको छ ।

प्रकाशित मिति २०८१ कात्तिक ८ गते बिहीबार ०८:५१
हजुरको प्रतिक्रिया