२०८३ साउन २१ गते बिहीबार

विभिन्न सिप कक्षा सञ्चालन गर्दै पोखरा महानगर

विभिन्न सिप कक्षा सञ्चालन गर्दै पोखरा महानगर

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ कात्तिक ९ गते शुक्रबार ०७:५६

पोखरा । पोखरा महानगरपालिका व्यवसाय प्रवद्र्धन केन्द्रले सिप सिक्न चाहनेका लागि नयाँ कक्षा सञ्चालनको तयारी गरेको छ । चालु आर्थिक वर्षका लागि पहिलो चरणका तालिम सञ्चालन गर्न लागिएको व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख नवराज...

पोखरा ।

पोखरा महानगरपालिका व्यवसाय प्रवद्र्धन केन्द्रले सिप सिक्न चाहनेका लागि नयाँ कक्षा सञ्चालनको तयारी गरेको छ ।

चालु आर्थिक वर्षका लागि पहिलो चरणका तालिम सञ्चालन गर्न लागिएको व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख नवराज अधिकारीले जानकारी दिए । आवेदन दिएका मध्यबाट छनोट भएकालाई तालिम दिइने अधिकारीले बताए । उनीहरुलाई तालिम पहिलो अभिमुखिकराण गरिएको छ । व्यवसाय प्रवद्र्धन केन्द्रको हलमा तालिमको अभिमुखिकरण गरिएको हो । केन्द्रले ७ प्रकारका तालिमका लागि एक सय ४० जना छनोट गरेको छ । उनिहरुलाई तालिम र तालिम पछिको अवसर र सम्भावना वारे अभिमुखिकरण गरिएको थियो ।

पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरीयाले सिप भएको व्यक्ति वेरोजगार बस्नु नपर्ने बताए । उनले रोजगारदाताले दक्ष कामदार खोजे पनि पाउन नसको भन्दै सिप सिकेर रोजगारी वा स्वरोजगार बन्ने सकिने उल्लेख गरे ।

महागनरले सञ्चालन गर्न लागेका तालिममा लायन्स क्लव डिष्ट्रिक ३२५ ले पनि सहकार्य गर्ने छ । डिष्ट्रिकका गभर्नर चण्डीप्रसाद अर्यालले गाउँ रित्तिसकेको अवस्थामा युवालाई स्वदेशमै रोक्न आवश्यक रहेको बताए । तालिम प्राप्त पुजीको कमी हुन नदिन लायन्सले सहयोग गर्ने अर्याल प्रतिवद्दता व्यक्त गरे ।

व्यवसाय प्रवद्र्धन केन्द्रले योग प्रशिक्षक, फोटो तथा भिडियोग्राफी, कियर गिभर, वेकरी, जापानीज भाषा, शैलुन र ग्रामिण पशु स्वास्थ्य कार्यकर्ता तालिम सञ्चालन गर्न लागेको हो । तालिमपछि एक महिना इन्टनसिप अनिवार्य गरी रोजगार, स्वरोजगार बन्नका लागि समेत बिउ पुजीको सहयोग गर्ने महानगरले जनाएको छ ।

प्रकाशित मिति २०८१ कात्तिक ९ गते शुक्रबार ०७:५६
हजुरको प्रतिक्रिया