२०८३ साउन २१ गते बिहीबार

विश्वकप क्रिकेट लिग–२ : स्कटल्याण्डले अमेरिकालाई १० विकेटले हरायो

विश्वकप क्रिकेट लिग–२ : स्कटल्याण्डले अमेरिकालाई १० विकेटले हरायो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ कात्तिक १० गते शनिबार १०:३१

शृंखलाअन्तर्गत अब नेपालले भोलि बेलुका सवा नौ बजे अमेरिकासँग खेल्दैछ । क्यानडामा भएको शृङखला सकेर नेपाल अमेरिका पुगेको हो ।

शृंखलाअन्तर्गत अब नेपालले भोलि अमेरिकासँग खेल्दै

पोखरा ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ मा स्कटल्याण्डले अमेरिकालाई हराएको छ ।

डालासमा भएको खेलमा स्कटल्याण्डले घरेलु टोली अमेरिकालाई १० विकेटले हराएको हो ।

अमेरिकाले दिएको १ सय ४५ रनको सामान्य लक्ष्य स्कटल्याण्डले २४ ओभर पाँच बलमा कुनै पनि विकेट नगुमाइ भेटायो ।

उसका एन्ड्रियु उमिदले ९८ र चार्ली टियरले ४३ रन बनाए । यसअघि पहिले ब्याटिङ गरेको अमेरिकाका लागि

शाड्ली भान स्काल्कवेकले सर्वाधिक ५५ रन बनाए । स्कटल्याण्डका ब्राड क्युरीले चार र ब्रान्डन म्याकमुलेनले तीन विकेट लिए ।

शृंखलाअन्तर्गत अब नेपालले भोलि बेलुका सवा नौ बजे अमेरिकासँग खेल्दैछ । क्यानडामा भएको शृङखला सकेर नेपाल अमेरिका पुगेको हो ।

लिग–२ मा आठ खेलमा तीन अंकसहित नेपाल पुछारबाट दोस्रो स्थानमा छ ।

अमेरिका दोस्रो र स्कटल्याण्ड चौथो स्थानमा छन् । १६ अंकसहित क्यानडा शीर्ष स्थानमा छ

प्रकाशित मिति २०८१ कात्तिक १० गते शनिबार १०:३१
हजुरको प्रतिक्रिया