प्रतियोगिताको पब्लिक फोरके टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने
पोखरा ।
एघारौं संस्करणको सौन्दर्य प्रतियोगिता मिस पोखरा २०२४’को फाइनल आज हुँदै छ ।
युवा नारीको अन्तरनिहित क्षमता तथा प्रतिभा प्रस्फुटन गराउने उद्देश्यका साथ पोखरा जेसीसको आयोजना र ईभेन्ट फर यू प्रालिको ईभेन्ट म्यानेजमेण्टमा हुन लागेको सौन्दर्य प्रतियोगिताको फाइनल आज हुने लागेको हो ।
१२ उत्र्तीण गरेका र १७ देखी २५ बर्ष सम्मका अविवाहित नारी प्रतियोगितामा सहभागी छन् । अन्तिम प्रतियोगितामा १७ जनाले प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगिता पोखरा सभागृह हलमा दिउँसो ३ बजेबाट सुरु हुनेछ ।
प्रतियोगिताको बिजेताले ताज, स्कुटर, ५० हजार रुपैयाँ तथा आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्ने पोखरा जेसिसका अध्यक्ष देवराज शर्माले बताए ।
उनका अनुसार फस्ट रनरअफले ताज, ३० हजार रुपैयाँ र आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन ।
त्यस्तै सेकेन्ड रनर अपले ताज, २० हजार रुपैया तथा आकर्षक गिफ्ट ह्याम्पर हात पार्नेछन ।
यस्तै वेष्ट पर्शनालिटी, ट्यालेण्टेड, स्माइल, हेयर, क्याटवाल्क, ड्रेस, फोटोजेनिक, भ्यूअर च्वाईस, पपुलारिटी र ईन्टेक्ट बिद्यागत रुपमा टाईटल अवार्डसहित आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने शर्माले बताए ।
प्रतियोगिताको फाइनलको प्रत्यक्ष प्रसारण पब्लिक फोरके टेलिभिजनले गर्नेछ ।
प्रकाशित मिति २०८१ कात्तिक १० गते शनिबार १०:३५




