२०८३ साउन २१ गते बिहीबार

मोफसलको चर्चित फुटबल प्रतियोगिता आहा–रारा गोल्डकप चैत १७ देखि

मोफसलको चर्चित फुटबल प्रतियोगिता आहा–रारा गोल्डकप चैत १७ देखि

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ माघ १७ गते शनिबार ०१:२०

कोरोनाका कारण टिम र संख्या सँगै विदेशी क्लवकाे उपस्थिति अनिर्णित बनेकाे क्लबका अध्यक्ष केशवबहादुर थापाले बताए । हालको प्रतियोगिताका लागि क्लबले टिकट शुल्क र पुरस्कार राशीका बारे सार्वजनिक गरेको छैन ।

विदेशी क्लवकाे उपस्थिति अनिर्णित

पाेखरा । मोफसलको सर्वाधिक चर्चित फुटबल प्रतियोगिता आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको १९ औं संस्करण चैत १७ देखिदेखि पोखरा रंगशालमा हुने भएको छ ।

प्रतियोगितामा विदेशी क्लब, ए डिभिजनका क्लब, मोफसलका टिम र आयोजक सहारा क्लब पोखरा गरी १२ टिमको सहभागिता रहने क्लबले सनिबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हाे ।

कोरोनाका कारण टिम र संख्या सँगै विदेशी क्लवकाे उपस्थिति अनिर्णित बनेकाे क्लबका अध्यक्ष केशवबहादुर थापाले बताए । हालको प्रतियोगिताका लागि क्लबले टिकट शुल्क र पुरस्कार राशीका बारे सार्वजनिक गरेको छैन । थापाले भने, ‘हामी असहज परिस्थितिमा छौं, त्यसैले तत्काल नै केही प्रतिबद्धता दिन मिल्दैन टिकट शुल्क हेरेर पुस्कार राशि राखिन्छ ।’

 

त्यस्तै कार्यक्रममा बोल्दै राखेप सदस्य राजेश गुरुङले सहारा क्लबले पोखरा चिनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनले पोखराको खेलकुद र सहारा क्लबलाई राष्ट्रिय खेलकुद परिषदले सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

 

प्रतियोगिताकाे अनुमानित खर्च १ करोड १ लाख ८१ हजार रुपैयाँ  क्लवले अनुमान गरेकाे छ ।  यस्तै, प्रतियोगिता सञ्चालनबाट १ करोड ३० लाख १ हजार रुपैयाँ अनुमानित आम्दानी हुने सहारा क्लबले प्रारम्भिक अनुमान गरेकाे छ ।

 

क्याराभान गोल्ड कप सहित २० वर्षदेखि सहारा क्लबले पोखरामा फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ । प्रतियोगिताबाट बचत हुने रकम आयोजक सहारा क्लबबाट सञ्चालित सहारा फुटबल एकेडेमी सञ्चालनमा खर्च गरिँदै आएको छ ।

 

हाल एकेडेमीको तेस्रो ब्याचमा १४ जिल्लाका २४ जना बालक आश्रित रहेका छन् । क्लबले पोखरा १७ जिल्लामा २०७० सालदेखि बालकलाई आवसीय रुपमा निशुल्क स्वास्थ्य, शिक्षाको साथै फुटबल प्रशिक्षण समेत गराउँदै आएको छ ।

प्रकाशित मिति २०७७ माघ १७ गते शनिबार ०१:२०
हजुरको प्रतिक्रिया