२०८३ साउन २१ गते बिहीबार

रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्दै

रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ कात्तिक १० गते शनिबार १०:४५

बैठकमा समसामयिक राजनीतिक विषय, आगामी कार्ययोजना, जारी आन्दोलनको स्वरुप लगायतका विषहरुमा छलफल हुने बताइएको छ ।

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दैछ ।

दिउँसो १ बजका लागि बोलाइएको बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ ।

बैठकमा समसामयिक राजनीतिक विषय, आगामी कार्ययोजना, जारी आन्दोलनको स्वरुप लगायतका विषहरुमा छलफल हुने बताइएको छ ।

पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि पोखरामा आन्दोलन गरेको रास्वापाले शुक्रबारदेखि काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेको छ ।

सभापति  लामिछाने पक्राउ परेपछि रास्वपाको नियमित गतिविधि ठप्प भएको थियो।

कात्तिक २ गते लामिछाने पक्राउ परेदेखि सत्तापक्षले प्रतिशोध साँधेको भन्दै रास्वपाले निरन्तर प्रदर्शन गर्दै आएको छ।

आज पनि काठमाडौंको कीर्तिपुर र चितवनको लायन्स चोकमा प्रदर्शन गरिने रास्वपाले जनाएको छ।

सहकारीको रकम अपचलन गरेको आरोपमा गत शुक्रबार पक्राउ परेका रवि प्रहरी अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा छन् ।

प्रकाशित मिति २०८१ कात्तिक १० गते शनिबार १०:४५
हजुरको प्रतिक्रिया