२०८३ साउन २१ गते बिहीबार

१२ वर्षपछि भारतले घरेलु मैदानमा टेस्ट सिरिज हा¥यो

१२ वर्षपछि भारतले घरेलु मैदानमा टेस्ट सिरिज हा¥यो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ कात्तिक १० गते शनिबार ०६:४४

भारतले पुणे टेस्टमा न्युजिल्यान्डसँग ११३ रनको फराकिलो अन्तरले पराजय व्यहोरेको छ ।

काठमाडौं ।

भारतले पुणे टेस्टमा न्युजिल्यान्डसँग ११३ रनको फराकिलो अन्तरले पराजय व्यहोरेको छ ।

यो पराजयसँगै भारतले १२ वर्षमा पहिलो पटक घरेलु सिरिज गुमाएको छ । तीन खेलको सिरिजमा न्युजिल्याण्ड अहिले २–० ले अघि छ । न्युजिल्याण्डले पहिलो पारिमा २५९ रन बनाएको थियो । जवाफमा भारतको पहिलो पारि १५६ रनमा समेटिन पुग्यो । १०३ रनले अघि रहेको न्युजिल्याण्डले दोस्रो पारिमा ३५५ रन बनाएपछि भारतले ३५९ रनको लक्ष्य पाएको थियो । जसलाई भेट्टाउन कठिन रहेको पिचमा भारतले अन्ततः पराजयको सामना पुग्यो ।

भारतले लक्ष्य पच्छयाउने क्रममा ओपनर यसश्वी जयसवालले सर्वाधिक ७७ रन बनाउँदा अन्तिमतिर रविन्द्र जडेजाले ४२ रनको पारि खेले । तेस्रो धेरै रनको रुपमा शुभमन गीलले २३ रन बनाएका थिए । भारतका विराट कोहली, रोहित शर्मा जस्ता स्टार खेलाडीहरु चल्न सकेनन् ।

मिचेल सान्टनरले पहिलो इनिङमा ५३ रन खर्चिएर ७ विकेट लिएका थिए भने दोस्रो इनिङमा १०४ रन दिएर ६ विकेट लिए ।

रोहित शर्माले पोस्ट–म्याच प्रेजेन्टेसनमा भने, ‘हामीले पर्याप्त रन बनाउन सकेनौं । टेस्ट म्याच जित्न चाहन्छौं भने २० विकेट लिनुपर्छ, तर ब्याटरहरूले पनि बोर्डमा रन राख्नुपर्छ । हामीले पहिलो इनिङमा पर्याप्त रन बनाएनौं र त्यसले खेलमा पछि पर्यौं ।’

भारतले अब तेस्रो टेस्टमा मुम्बईमा खेल्दै सिरिजलाई २–१ बनाउनुपर्ने दबाबमा छ । साथै, आगामी वर्षको वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनलमा स्थान सुरक्षित गर्न भारतले आवश्यक अंक बटुल्नुपर्नेछ ।

रोहितले भने, ‘हामी वानखेडेमा राम्रो प्रदर्शन गर्दै त्यो टेस्ट म्याच जित्ने प्रयास गर्नेछौं । यो सामूहिक असफलता हो, जसलाई सुधार्ने प्रयास गर्नेछौं ।’

प्रकाशित मिति २०८१ कात्तिक १० गते शनिबार ०६:४४
हजुरको प्रतिक्रिया