२०८३ साउन २१ गते बिहीबार

सुन तोलामा १४०० ले बढ्यो, हालसम्मकै नयाँ रेकर्ड कायम

सुन तोलामा १४०० ले बढ्यो, हालसम्मकै नयाँ रेकर्ड कायम

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ कात्तिक ११ गते आइतबार ११:१४

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६७ हजार ४ सय रुपैयाँ तोकेको छ । आज सुन प्रतितोला १४ सय रूपैयाँले बढेको हो । यसअघि...

काठमाडौं ।

साताको पहिलो दिन आइतबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६७ हजार ४ सय रुपैयाँ तोकेको छ ।

आज सुन प्रतितोला १४ सय रूपैयाँले बढेको हो । यसअघि शुक्रबार सुन १ लाख ६६ हजार रुपैयाँमा कारोवार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि १५ रूपैयाँले बढेको छ ।

शुक्रबार तोलामा २ हजार ७० रूपैयाँमा कारोवार भएको चाँदी आज १५ रूपैयाँले बढेर २ हजार ८५ रूपैयाँमा कारोवार भइरहेको छ ।

प्रकाशित मिति २०८१ कात्तिक ११ गते आइतबार ११:१४
हजुरको प्रतिक्रिया